Wednesday, July 29, 2026
Home Blog Page 1389
साउन २३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले शान्ति प्रक्रिया टुंगोमा पु¥याउन हेलचेक्र्याईं गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । ‘सत्य निरुपण तथा मेलमिलाप आयोग गठन नहुँदासम्म पीडितको आवाजलाई संबोधन गर्ने, सत्य तथ्य पत्ता लगाउने, न्याय निरुपण गर्ने र मुख्य...
साउन २३, काठमाडौं । चलचित्र सोच’मा समावेश ‘तिमीले मलाई सहारा’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रको यो गीतमा नायिका नीता ढुंगाना र कलाकार प्रज्ज्वल गिरीलाई फिचरिङ गरिएको छ ।https://www.youtube.com/watch?time_continue=61&v=0QwzPvUgWywशंकर अधिकारी ‘घायल’ले लेखेको सार्वजनिकक गीतमा योगेश काजी, जुनु गौतम र सुनिता थेगिङको स्वर र डिजे एलएक्सको संगीत छ । पुजन सिंहको निर्देशनमा तयार भएको चलचित्रमा नीता र प्रज्वलका साथमा नव–कलाकार...
साउन २३, रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आज निरीक्षण गर्दै उहाँले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिनुभएकाले तीनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो ।आगामी डिसेम्बर महीनाभित्रै अन्तर्राष्ट्रिय गौतमबुद्ध...
साउन २३, काठमाडौँ । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अबको केही दिनभित्रै प्रदेशको राजधानी र नाम टुङ्गो लाग्ने बताएका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश ३ को राजधानी काठमाडौँ उपत्यका बाहिर राख्न पनि तयार रहेको बताए । उनले भने, ‘३ नम्बर प्रदेशको राजधानी सबैको सहमतिका आधारमा तोकिने भन्दै अहिले चर्चामा आएका जिल्लाबाहेक नुवाकोट लैजान पनि...
साउन २३, काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई सरुवा गर्ने प्रावधान राख्न नहुनेमा जोड दिएका छन् । सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्मा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राजनीतिक आस्थाको आधारमा कर्मचारी सरुवा गर्ने प्रावधान राखिएको उल्लेख गर्दै हटाउन माग...
साउन २३, काठमाडौं । देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ परेका छन् । उदयपुर त्रियुगा नगरपालिका—६ चुरेबाट अवैध लागूऔषध गाँजा करिब २ सय ग्रामसहित त्रियुगा नगरपालिका—६ जलजले बस्ने २७ वर्षीय मनोज चौधरी र ३० वर्षीय सन्तोष चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय जलजलेबाट संयुक्त रुपमा खटिएको प्रहरीले लहानबाटगाईघाटतर्फ जाँदै...
एजेन्सी, साउन २३, ताइपेई । ताइवानमा बिहीबार आएको ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण एक महिलाको मृत्यु हुनुका साथै हजारौं घरमा विद्युत आपूर्ति प्रभावित भएको छ । बिहीबार बिहानै आएको भूकम्पबाट त्रसित मानिसहरु ताइपेईका सडकमा आएका थिए । घरभित्रको सामानले थिचेर एक ६० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।ताइपेई र छिमेकी यिलानका १० हजारभन्दा बढी घरको विद्युत आपूर्ति...
साउन २३, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका वडा नं ६ खयरघारीमा गए राति भएको दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको लु१ख ४९६६ नंको ट्रकले पैदलयात्री भारतीय नागरिक पश्चिम चम्पारनका ४० वर्षीय सत्यनारायण दासलाई ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भोलामानसिंह अधिकारीले जानकारी दिए ।दुर्घटनापछि घाइते भएका दासको...
साउन २३, तुलसीपुर । तुलसीपुरमा एक बालकलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका १४ बस्ने ४१ बर्षका भारतीय मुलका मविन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । गएराति पक्राउ परेका मविनले आफनो वास्तविक थर लुकाएर राई लेखाएका छन् ।घटना केही दिन अघिको भएपनि आर्थिक लेनदेनमा कुरा नमिलेपछि प्रहरीसम्म पुगेको स्रोतले बताएको छ ।...
एजेन्सी,साउन २१, काठमाडौं । १९ वर्षे छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोज्ने लागुऔषध कारोबारी पक्राउ परेका छन् । रियो दे जेनेइरोका जेल अधिकारीले सिलिकन मास्क, विग, ब्रा र टाइट फिटिङ टिसर्ट लगाएका कैदीको भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा ४२ वर्षे ती कैदीले आफूले छोरीजस्तो देखिन जे जति सामग्रीको प्रयोग गरेका थिए, ती सबै एकएक गर्दै निकालिरहेको देख्न...