पूर्व राजा ज्ञानेन्द्र बिरुद्ध बोलेको भन्दै वीरगञ्जमा प्रचण्डको पुत्ला दहन

126

साउन २३,
काठमाडौं । पर्साको वीरगञ्जमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुत्ला जलाइएको छ । गत आइतबार प्रचण्डले वीपी राजमार्ग र रामेछापको खाँडादेवी जोड्ने सुनकोसीको खैरेनी घाटमा बनेको पक्की पुल उद्घाटनको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट पनि निकाल्ने आशयको अभिव्यक्ति दिएपछि राष्ट्रिय सरोकार मञ्चले प्रचण्डको पुत्ला दहन गरेको हो ।

कार्यक्रममा बोल्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएकाे तर बढी बकबक गरिरहे जनताले नागार्जुनबाट समेत निकाल्ने चेतावनी दिएका थिए । प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रविरुद्ध दिएको अभिव्यक्तिको कडा आलोचना गर्दै विभिन्न नाराबाजीका सार्थै प्रचण्डको पुत्ला दहन गरेका हुन् ।