स्वयम्भूमा प्रहरीले गोली चलायो, १ जना घाइते

177
सांकेतिक तस्विर

साउन २४,
काठमाडौं । काठमाडौंको स्वयम्भुनाथ क्षेत्रमा गोली चलेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गोली चलाएको बुझिएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सहकुल थापाले अभियुक्तलाई नियन्त्रणमा गर्ने क्रममा गोली चलाइएको बताए ।

प्रहरीको गोली लागेर १ जना घाइते भएका छन् । घाइते हुनेमा लोप्साङ भनिने मिलन लामा छन् । उनी राजधानीमा हुने चोरीका घटनामा संलग्न रहँदै आएका प्रहरीले जनाएको छ । लोप्साङको घुँडा मुनि २ ओटा गोली लागेको छ ।

उनलाई उपचारका लागि अहिले वीर अस्पताल भर्ना गरिएको एसएसपी थापाले जानकारी दिए । प्रहरीका अनुसार पछिल्लो समय उनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षकी छोरीलाई ज्यान मार्दिन्छु भन्दै धम्की दिएका थिए । पीडितको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनको खोजी गरेको थियो । लोप्साङसँगै प्रहरीले अमृत तामाङ भन्ने व्यक्तिलाई समेत पक्राउ गरेको छ ।