राष्ट्रपति र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

64
तस्विर : भारतीय दूतावास

भदौ ५,
काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्या भण्डारीसँग बिहीबार बिहान राष्ट्रपति निवास पुगेर शिष्टाचार भेट गरेका छन् ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर बुधबार नेपाल आएका हुन् भने बुधबार नै उनले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका थिए । आज उनले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने उनी आजै भारत फर्कने छन् ।