एनसेलले मोबाइल डाटाको मूल्य घटायो

112

भदौ ५,
काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवाप्रदायक एनसेलले मोबाइल डाटाको मूल्य घटाएको छ । सार्वजनिक सूचना निकाल्दै एनसेलले बुधबारदेखि मोबाइल डाटाको मूल्य घटाएको जानकारी गराएको हो।

एनसेलका अनुसार अब एक एमबी डाटाको मूल्य २ रुपैयाँ कायम भएको छ । यसमा कर भने समावेश गरिएको छैन । यसअघि एनसेलले प्रतिएमबी २ रुपैयाँ ७५ पैसा महसुल लिने गरेको थियो ।