भदौ ५,
चितवन । सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा अराजक रुपमा प्रदर्शन गर्ने २२ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनले मुद्दा दर्ता गरेको छ। प्रदर्शनका क्रममा उनीहरूले प्रहरीलाई ढुंगा हान्ने, अपशब्द प्रयोग गर्नेलगायतका खराब आचरण देखाएकाले पक्राउ गरी मुद्दा चलाएको प्रहरीले जनाएको छ। यसअघि साउन ३२ गते पक्राउ परेका चारजना भने जनही ५ सय धरौटीमा रिहा भएको प्रहरी प्रवक्ता प्रहरी नायब...
भदौ ५,
काठमाडौं । अष्ट्रेलियाका सिड्नी र मेलबर्नसहितका केही शहरमा विद्युत आपूर्तिमा समस्या हुने भएको छ । गर्मी मौसम लागेपछि यी शहरहरुमा लोडसेडिङको हुन सक्ने अस्ट्रेलियन इनर्जी मार्केट अपरेटर (एईमो)ले जनाएको छ । यदि कोइला र ग्यासबाट ऊर्जा उतपादन गर्ने केन्द्रहरु बेलैमा सञ्चालनमा नआए भिक्टोरिया राज्यमा मात्रै १० हजारभन्दा बढी घरहरुमा विद्युत आपूर्तिमा समस्या हुने एसबीएसले लेखेको छ ।एईमोले बिहीबार...
भदौ ५,
काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिइएको छ । प्रदेश २ सरकारले जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले बिहीवार शुभकामना सन्देश जारी गर्दै भोलि शुक्रवार प्रदेशमा सार्वजनिक बिदा हुने जानकारी दिएका हुन् ।
भदौ ५,
काठमाडौं । सरकारले चार विश्वविद्यालयमा कामु उपकुलपति तोकेको छ । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा कामु उपकुलपति तोकेको हो ।चारवटै विश्वविद्यालयका उपकुलपतिहरुको म्याद सकिएकाले कुलपति एवम् प्रधानमन्त्री, सहकुलपति एवम् शिक्षामन्त्रीसहितको बैठकले कामु उपकुलपतिको जिम्मेवारी दिएको हो ।त्रिभुवन विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा रेक्टर सुधा त्रिपाठीले पाएकी छन् । बैठकले संस्कृत विश्वविद्यालयको कामु...
भदौ ५,
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले भक्तपुर क्यान्सर अस्पताल विवादको विषय संसदमा उठाएका छन्। उनले अस्पतालमा भएका अनियमितता छानविन गर्ने र दण्ड सजाय गर्ने कानुनको व्यवस्था हुँदाहुँदै उक्त व्यवस्थालाई कुल्चिएर व्यवस्थापन समिति खारेज गर्दै अर्को समिति गठन गर्नु गैरकानुनी भएको बताए। नगरपालिकाको पछिल्लो कदमले अस्पताललाई झन् अव्यवस्थित र अराकताको अवस्था सिर्जना गरेको भन्दै सांसद थापाले सरकारको ध्यानाकर्षण...
बीबीसी, भदौ ५,
काठमाडौं । जापानमा प्रतिघण्टा २८० किलोमिटरको गतिमा गुडिरहेको एउटा रेलको ढोका खुलेको छ। तर त्यसमा सवार ३४० जना यात्रुहरूमध्ये कोही हताहत भने भएनन्।ढोका खुलेको थाहा भएपछि रेललाई आपत्कालीन रूपमा रोकिएको थियो। त्यसो गर्दा हायाबुसा नम्बर ४६ भनिने तीव्र गतिको उक्त रेल एउटा सुरुङ्भित्र १५ मिनेट रोकिन पुगेको थियो।द इस्ट जापान रेलवे कम्पनीका अनुसार सफा गर्ने कर्मचारीले रेलको...
भदौ ५,
काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई बिहीबारदेखि प्रतिनिधिसभामा सत्तारुढ दलको सिटमा बस्न थालेका छन् । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको जानकारीसहित निर्वाचन आयोगबाट आएको पत्र बिहीबार प्रतिनिधिसभामा प्राप्त भएको भन्दै सभामुख कृष्णबहादुर महराले बाचन गरेर सुनाएका थिए । यसअघि नेता भट्टराई प्रतिनिधिसभामा स्वतन्त्र सांसद बस्ने सिटमा बस्दै आएका थिए । नयाँ शक्ति पार्टीले...
भाद्र ५,
काठमाडौं । स्वास्थ्य उपचारका लागि सिंगापुर जानुपूर्व सत्तारुढ नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच खटपट सिर्जना भएको छ । बालुवाटारमा सचिवालय बैठक शुरु भएपछि प्रधानमन्त्री ओलीले एजेण्डामा प्रवेश गर्न नभ्याउने भएकाले आफूलाई स्वाथ्यलाभको शुभकामना दिएर पठाउन आग्रह गरेका थिए ।तर, नेता नेपालले ओलीको स्वास्थ्यलाभको कामना गर्ने प्रस्तावको समेत बिरोध गरेपछि उनीहरुबीच भनाभन...
भदौ ५,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार फेरि सिंगापुर प्रस्थान गरेका छन् । उनी दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलबाट सिंगापुरतर्फ गएका हुन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि सिंगापुर गएकी छन् ।प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । स्वास्थ्य परीक्षणका सिलसिलामा ओली यो पटक १५ दिन सिंगापुरमा...
भदौ ५,
काठमाडौं । आर्यान सिग्देल स्टारर फिल्म ‘च च हुई’को ‘सिल्की सिल्की बाल’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो । रोमान्टिक गीतमा आर्यान सिग्देल र मिरुना मगरको जोडी रहेको छ । गीतको भिडियो हेर्नुस् :https://www.youtube.com/watch?v=6J66F8K0ePUगीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने यसलाई राजनले नै...










