महिला राष्ट्र निर्माणका पहरेदार हुन्ः सांसद बस्नेत

301

भदौं ७,
भक्तपुर । नेकपाका केन्द्रीय सदस्य सांसद महेश बस्नेतले नेपाली महिला आधा आकाश डाक्ने मात्र नभई राष्ट्र निर्माणका पहरेदार भएको बताएका छन् । अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नं. २ ले आयोजना गरेको कार्यक्रममा उनले भने नेपालमा लामो राजनीतिक आन्दोलनसँगै संविधानमा नै महिलाको हक अधिकारलाई लिपिवद्ध गर्न सफल भएको छ । महिलाले आगामी दिनमा आरक्षण र समानुपातीक भन्दा पनि योग्ता र क्षमताको वृद्धि गर्दै खुल्ला प्रतिपर्धाको माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बास्तोला, क्षेत्र नं. २ का अध्यक्ष हिरामायाँ शेर्पालगायतले शुभकामना व्यक्त गरेका थिए ।

तीज कार्यक्रम सम्पन्न
भक्तपुरको सूर्यविनायक नगरपालिकाको गणेश मन्दिरको खुल्ला मैदानमा अनेमसंघको आयोजना तथा साना किसान कृषि सहकारी, बक्रेश्वर कृषि सहकारी र मानविय आस्था नेपालको सहयोगमा गरिएको तीज विशेष कार्यक्रम तथा शुभकामना आदनप्रदान गरेका छन् ।