संसदीय समितिद्वारा जीर्ण सडकको अनुगमन

68
hf]/kf6L–;'Gb/Lhn ;8s sf7df8f}F,& ebf} -/f;;_M 7]Ssf nufPsf] rf/ jif{ laTbf;d]t lj:tf/ x'gg;s]sf] sf7df8f}Fsf] hf]/kf6L–;'Gb/Lhn ;8s . Ps ;ftf cl3b]lv y'kfl/Psf] u|fa]n g;DofpFbf oftfoft ;~rfng Pj+ k}bn ofqfsf nflu c;xh ePsf] 5 . t:jL/ M k"0f{k|;fb ld>

भदौं ७,
काठमाडौं– प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले चावहिल—बौद्ध—जोरपाटी—साँखु र जोरपाटी—सुन्दरीजल सडक निर्माणमा भइरहेको ढिलाइको अनुगमन गरेको छ । चावहिलबाट माथितिरको सडक विसं २०७२ मै ठेक्का भए पनि अझै विस्तार र कालोपत्र हुन सकेको छैन । घर जग्गाको मुआब्जा विवादले सडक निर्माण अलपत्र बनेको हो । सडक विस्तार हुन नसक्दा घाम लागेका बेला धुलो र पानी परेका बेला हिलोमा यात्रा गर्न यात्रु बाध्य छन् । अनुगमनका क्रममा समितिका सभापति कल्याणीकुमारी खड्काले काममा ढिलाइ हुँदा आम मानिसलाई आवतजावतमा समस्या भएकाले सरोकार भएका निकायका अधिकारीलाई बैठकमा बोलाएर छलफल गरी समाधानका लागि निष्कर्ष निकाल्ने प्रतिबद्धता व्यक्त गरिन् ।

शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले सडकमा हुने टेलिफोनको तार, विद्युतको पोल एवं तार र खानेपानीको पाइप विच्छ्याउने काम एकीकृत रुपमा हुनुपर्ने बताए ।
साँखु—जोरपाटी सडक सरोकार समूहका अध्यक्ष मिलन खड्काले सडक विस्तार एवं निर्माण गर्दा सूचना पाटी नराखिएको, कहिले शुरु भएर कहिले अन्त्य हुनेलगायत सूचना पाउनबाट पनि स्थानीयवासी वञ्चित भएको बताए । मापदण्ड के हो र सडक कसरी बन्दैछ भन्ने उपभोक्ताले जान्न पाउनुपर्ने उनको माग थियो ।

चावहिलबाट साँखुको सडक करीब १२ किमी छ । यो सडकमा पाँच वटा ठेक्का लगाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख अर्जुन अर्यालले जानकारी दिए । यसैगरी जोरपाटी–सुन्दरीजल सडक करीब सात किमी छ । यो सडकमा दुई खण्डमा ठेक्का लगाइएको छ । दुवै सडकको म्याद २०७७ जेठ मसान्तसम्म थप गरिएको जनाइएको छ ।अनुगमनमा समितिका सांसदहरु, यस क्षेत्रका सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । -रासस