Thursday, October 1, 2026
Home अन्तर्राष्ट्रिय सेना परिचालन

सेना परिचालन

108

भदौं ७,
ब्रजिलका राष्ट्रपतिले अमेजन जङ्गल क्षेत्रमा लागेका आगो निभाउन सशस्त्र सुरक्षा फौजलाई आदेश दिएका छन्। राष्ट्रपति जइर बोल्सोनारुले देशका संरक्षित प्राकृतिक क्षेत्र, आदिवासी भूभाग र सीमावर्ती क्षेत्रहरूमा लागेका आगो नियन्त्रणमा लिनका लागि सैनिकहरू खटाउन आदेश दिएका हुन्।
युरोपेली नेताहरूले अमेजन क्षेत्रमा लागेका आगो निभाउनका लागि ब्रजिलमाथि दबाब तीव्र बनाएपछि बोल्सोनारुले यस्तो आदेश दिएका हुन्।

उनले जङ्गलमा लागेको आगोको बहानामा कुनै पनि देशविरुद्ध सजाय दिइनु उचित नहुने भन्दै ब्रजिलविरुद्ध अन्य देशहरूले दिएको प्रतिक्रियाको आलोचना गरेका छन्। ब्रजिलले अमेजनका जङ्गलमा लागेका आगो निभाउन थप काम नगरे दक्षिण अमेरिकी देशहरूसँगको आफ्नो ठूलो व्यापार सम्झौता नवीकरण नगर्ने चेतावनी फ्रान्स र आयरल्याण्डले दिएपछि बोल्सोनारुले पछिल्लो कदम चालेका हुन्।