Thursday, July 30, 2026
Home Blog Page 1362
भदौ ८, काठमाडौं । जहाजमा यात्रा गर्ने क्रममा चोरी गरेको आरोपमा २ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । शनिबार टर्किस एयरलाइन्सको जहाजबाट इस्तानबुल जान लागेको २ जना चिनियाँ नागरिकहरु काठमाडौंमा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चिनियाँ राहदानी इजी–६८४२७२२ वाहक मा चिउवेइ र इजी–५७४२५२३ वाहक हु सिङचोङ छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थस्थित नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले...
भदौ ८, काठमाडौँ । चितवनमा पत्रकार रवि लामिछानेका समर्थकमाथि प्रहरीले लाठीचार्ज गरेको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछाने निर्दोष रहेको दाबीसहित रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका समर्थकमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।सो क्रममा केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । चितवनमा रवि लामिछाने समर्थकहरु दिनहुँ प्रदर्शन गरिरहेका छन् । आज अरु दिन भन्दा ठूलो संख्यामा...
भदौ ८, वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई सामाजिक सञ्जाललार्फत गाली गलौज गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नं ७ खजानी घर भएका २५ बर्षका सन्नीकुमार गुप्तालाई पक्राउ गरिएको हो ।उनी कंकाली अटो ट्रेडर्सका सञ्चालक हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई गाली गलौज गरेकोले पक्राउ गरिएको जिल्ला...
एजेन्सी, भदौ ८, काठमाडौं । इक्वेडरको अमेजन क्षेत्रमा शनिवार सेस्ना–१८२ हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चारजनाको मृत्यु भएको छ । नागरिक उड्डयन अधिकारीहरूले विमानमा पाइलट र तीन यात्री रहेको र सबैको मृत्यु भएको बताए ।घटनाको अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन् । दुर्घटनाको कारण पत्ता लागेको छैन । सैन्यकर्मी तथा खोजकर्ताहरूले शनिवार एक घन्टाको कारवाहीपछि शव बरामद गरेका थिए ।
एजेन्सी, भदौ. ८, काठमाडौं । हाम्रो मुखबाट निस्काशन हुने र्याल वा थुक विभिन्न प्रकारका रोगहरु पत्ता लगाउन प्रयोग हुने गरेका छन् । रगतको परीक्षण अगाडि नै मानिसमा फोक्सोको क्यान्सर पहिचान गर्न र्यालको प्रयोग गरिएको युनिर्भसिटी अफ क्यालिफोर्नियाले जनाएको छ। एक थोपा थुकबाट ट्युमरको डीएनए पहिचान हुने र यसको परिणाम १० मिनेट भन्दा थोरै समयमा थाहा हुने बताइन्छ।यसअगाडि पनि सर्भिकल क्यान्सर...
भदौ. ८, काठमाडौं । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने लगायत तीनजना विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनले सम्पूर्ण अनुशन्धान पुरा गरी फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिएको छ ।तीनैजनालाई हिरासतमा राखेर अनुसन्धान गर्न चितवन प्रहरीले जिल्ला अदालतबाट पाएको अनुमतिको समय शनिबार सकिएको छ। आइतबार जिल्ला प्रहरी कार्यालयमा भएको पत्रकार सम्मेलन...
भदौ ८, काठमाडौं । सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय पुगेको छ । यो नेपाली बजारमा भएको अहिलेसम्मकै सबैभन्दा बढी हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अहिलेसम्मकै सबैभन्दा बढी मुल्य सार्वजनिक गरेको हो ।यसअघि गत साउन ३१ गते प्रतितोला ७१ हजार ५ सय कायम भएको थियो । जुन यसअघिको सबैभन्दा उच्च मूल्य हो । त्यसपछि घटेर ७१ र भदौ...
भदौ ८, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । आइतवार बिहान प्रचण्ड राष्ट्रपति निवास शीतल निवासमा पुगेर भेट गरेका हुन् । राष्ट्रपति निवास स्रोतका अनुसार भेटमा समसामयिक राजनीतिक परिस्थितिक बारेमा छलफल भएको छ ।प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार हस्ताक्षर गरेर उपचारका लागि पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा...
राजधानी दैनिक भदौं ८, काठमाडौं। विश्वमा बढ्दै गएको जलवायु परिवर्तनको समस्याका कारण नेपालले बर्सेनि झन्डै ९० अर्बको नोक्सानी बेहोर्नुपरेको छ । वन तथा वातावरण मन्त्रालयले गरेको एक अध्ययनले जलवायु परिवर्तनका कारण मुलुकको कुल गार्हस्थ्य उत्पादनको करिब २ देखि ३ प्रतिशत अर्थात् ६० देखि ९० अर्ब रुपैयाँ नोक्सान हुने गरेको तथ्य सार्वजनिक गरेको हो । जलवायु परिवर्तनको कारण कृषि तथा खाद्यान्न, जलस्रोत,...
भदौं ८, काठमाडौं । मदिराले अनियन्त्रित भएर उडानदल सदस्यलाई अभद्र व्यवहार गरेको आरोपमा गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्ट र संचारकर्मी सनत न्यौपानेलाई सिल्क एयरले विमानबाट उतारेको छ। उनीहरूले शनिबार पौने १० बजे त्रिभूवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा रहेको सिल्क एयरलाइन्सको फ्लाइट नम्बर एसएलके ४१३(कल साइन एमआइ४१३) विमानमा मदिरा सेवन गरेर होहल्ला गर्दै विमान दलमा रहेका सदस्यहरूलाई...