भदौ २२,
काठमाडौं । फिट एण्ड फाइन अभिनेताहरुमा महानायक राजेश हमालको नाम पनि अग्रपंत्तिमा आउँछ । प्रौढ उमेरमा पनि राजेश हमाल जिम जान्छन् अनि खानपिनमा निकै ध्यान पुर्याउँछन् । यसैले उनको शरीर सुगठिलो छ । महानायक हमाल बेला बेलामा आफ्नो सुगठिलो शरीर शो गर्ने गर्दछन्, सामाजिक सञ्जाल फेसबुकमा । हालसालै राजेश हमालले आफ्नो शरीर देखाएको तस्बिर फेसबुकमा अपलोड गरेका छन्...
एजेन्सी, भदौ २२,
काठमाडौं । एउटा विमानमा थुप्रै महिला शौचालय जानका लागि उभिएका थिए त्यतिबेला अचानक एक जोडी बाहिर निस्किए । अमेरिकाका एक चर्चित बीच भलिबल खेलाडी स्टेफोर्ड स्लिकले घटनाको भिडियो क्यामरामा कैद गरे । सोसल मिडियामा भाइरल भएको भिडियोमा महिला र पुरुषले एकै रंगको स्वीटसर्ट लगाएको देख्न सकिन्छ ।https://www.instagram.com/p/B2FBlfSh8La/?utm_source=ig_embedस्टेफोर्डले घटना कुन दिन र कुन विमानको भनेर खुलाएका छैनन् ।...
भदौ २२,
काठमाडौं । यस वर्षको दशैंको टीकाका साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेटका लागि निर्धारण गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको शनिबार बसेको बैठकले दशैंको घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा रामचन्द्र गौतमले विजयी दशमीको दिन देवी विसर्जन गर्ने साइत भने २१ गते बिहान ८ बजेर ४५ मिनेटका...
एजेन्सी, भदौ २२,
काठमाठडौं । अमेरिकाले तालिवान विद्रोहीसँग गर्ने भनिएको शान्ति वार्ता अन्तिममा आएर रद्द भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अफगान राष्ट्रपति असरफ घानी र तालिवानका उच्च नेताहरूसँग वार्ता गर्ने तय भएको थियो । तर, ट्रम्पले एक ट्विट गर्दै तालिवानसँग तय वार्ता रद्द भएको जनाएका छन् । अफगानिस्तानको राजधानी काबुलमा हालै भएको आक्रमणपछि ट्रम्पले निर्धारित वार्ता रद्द...
भदौ २२,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षण संस्थाहरूलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाउन नहुने बताएका छन्। चालिसौं राष्ट्रिय शिक्षा दिवस एवम् त्रिपन्नौ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले अहिले जीव उपयोगी शिक्षाको आवश्यकता रहेको उल्लेख गर्दै शिक्षण संस्थाहरूलाई दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए।'आधारभूत...
भदौ २२,
गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कमला पन्तले श्रमको सम्मान बिना राष्ट्र समृद्ध नहुने बताउनु भएको छ । कुनै पनि काम साना ठुला नहुने बताउनु हुँदै श्रमको सम्मान गर्नु पर्नेमा जोड दिनु भयो । हिजो नेपाल ट्रेड युनियन कांग्रेस गोरखा जिल्ला परिषद र युवारमहिला सम्मेलनलाई सम्बोधन गर्नु हुँदै यस्तो विचार राख्नु भएको हो । ...
अन्नपूर्ण पोष्ट
भदौं २२,
बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन्। उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो। बारीमा लटरम्म स्याउ फल्छ। बजार नपाउँदा स्याउ खेर गइरहेको छ। उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन्। गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ। उनले भने, ‘बारीमा आएर किलोमा कोही किन्दैनन्। दानाकै...
कान्तिपुर दैनिक
भदौं २२, काठमाडौँ । पछिल्लो समय प्रकोपका रूपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै वैशाखयता करिब ७ हजार छन् । निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा करिब ७० हजार पुग्ने चिकित्सकको आकलन छ । ईडीसीडीको तथ्यांकअनुसार वैशाखदेखि असारसम्म...
नागरिक दैनिक
भदौं २२, धनगढी । ऋषि पञ्चमीका दिन नाचगान गरेर साँझ घर फर्कंदै गर्दा धनगढी उपमहानगरपालिका–५ तारानगरकी पार्वती भण्डारी सत्कार चोक पुग्दा लुटिइन्। मोटरसाइकलमा आएका दुईजनाले उनको हातको झोला खोसेर लगे। मानिसको चहलपहलकै बीच अप्रत्यासित रूपमा सो घटना भएको थियो। उनले सहयोगका लागि अरूलाई गुहार्न खोज्दाखोज्दै लुटेर भागिसकेका थिए। लगत्तै उनले प्रहरीलाई घटनाबारे जानकारी गराइन्। तर अहिलेसम्म लुटेर फेला...
भदौं २२,
भक्तपुर । भक्तपुरमा दोस्रो भक्तपुर फुटसल गोल कप-२०१९ आयोजना हुने भएको छ ।
'हामी सक्छौं' भन्ने मुल नाराका साथ युवाका साथ साथ आवाज नेपालको आयोजनामा विभिन्न संस्थाहरुको सहयोगमा उक्त प्रतियोगीता हुने संस्थाका सचिव श्रीकृष्ण थापाले जानकारी दिएका छन् । दोस्रो भक्तपुर जिल्ला व्यापी यु-१६ अन्तरविद्यालय फुटसल गोल कप-२०१९ भाद्र २३, २४ र २५ गते सञ्चालन हुने छ...










