फुटसल गोल कप-२०१९ आयोजना हुदैं

105

भदौं २२,
भक्तपुर । भक्तपुरमा दोस्रो भक्तपुर फुटसल गोल कप-२०१९ आयोजना हुने भएको छ ।
‘हामी सक्छौं’ भन्ने मुल नाराका साथ युवाका साथ साथ आवाज नेपालको आयोजनामा विभिन्न संस्थाहरुको सहयोगमा उक्त प्रतियोगीता हुने संस्थाका सचिव श्रीकृष्ण थापाले जानकारी दिएका छन् । दोस्रो भक्तपुर जिल्ला व्यापी यु-१६ अन्तरविद्यालय फुटसल गोल कप-२०१९ भाद्र २३, २४ र २५ गते सञ्चालन हुने छ । प्रतियोगितामा विजय हुने टिमहरुलाई पुरस्कार क्रमशः २०, १० हजार नगद रहेको छ । साथै ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।