विमानको बाथरुमबाट एक जोडी बाहिर निस्किएपछि… (भिडियो)

506

एजेन्सी, भदौ २२,
काठमाडौं । एउटा विमानमा थुप्रै महिला शौचालय जानका लागि उभिएका थिए त्यतिबेला अचानक एक जोडी बाहिर निस्किए । अमेरिकाका एक चर्चित बीच भलिबल खेलाडी स्टेफोर्ड स्लिकले घटनाको भिडियो क्यामरामा कैद गरे । सोसल मिडियामा भाइरल भएको भिडियोमा महिला र पुरुषले एकै रंगको स्वीटसर्ट लगाएको देख्न सकिन्छ ।

स्टेफोर्डले घटना कुन दिन र कुन विमानको भनेर खुलाएका छैनन् । तर इन्स्टाग्राममा फोटो र भिडियो पोष्ट गर्दै पहिलो पटक उनले कुनै जोडीलाई विमानको बाथरुमबाट बाहिर आएको देखेको बताए । ३४ वर्षका भलिबल खेलाडीले लेखे, ‘थुप्रै महिला त्यतिबेला बाथरुम जानका लागि प्रतिक्षा गरिरहेका थिए । यद्यपि, बाहिर निस्किएपछि कसैले पनि उक्त जोडीलाई केही पनि भनेनन् ।’

भिडियोमा विमान परिचारिकाले महिलालाई ‘तपाईं अहिलेसम्म पनि यहिँ हुनुहुन्छ ?’ भनिरहेको सुन्न सकिन्छ । महिलाले जवाफ दिन्छिन्, ‘भित्र मान्छे छ ।’ केही बेरपछि बाथरुमबाट जोडी बाहिर निस्किएको देख्न सकिन्छ । सोसल मिडियामा धेरै मानिसहरुले यो भिडियोमा कमेन्ट गरेका छन् । धेरै मानिसहरुले एकैपटक दुई व्यक्ति बाथरुममा कसरी जान सक्छन् भनेर सोधिरहेका छन् ।