Sunday, August 2, 2026
Home Blog Page 1315
भदौ ३१, काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ को बर्दिवासमा आयोजित सपथ ग्रहण कार्यक्रममा भएको झडपका कारण पार्टीभित्र असन्तुलको संकेत देखापरेको छ । मंगलबार पार्टीका १६ केन्द्री सदस्यहरुले पार्टी स्थाई कमिटी सदस्य रघुबीर महासेठ लगायत प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवलाई पदबाट हटाउनुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा पत्र बुझाएपछि असन्तुलनको संकेत देखापरेको हो ।
भदौ ३१, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाली समाजलाई भड्काउने उच्छृंखल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । मन्त्री भट्टराईले समाजलाई नै विभाजनतिर लैजाने गरी हुने यस्ता खालका उच्छृंखल गतिविधि रोक्ने गरी नयाँ पिँढीलाई दीक्षित गर्न पनि प्राज्ञहरुलाई आग्रह गरे ।नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले...
भदौ ३१, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले स्नातक तहका लागि असोज ३ गतेदेखि प्रवेश परीक्षा लिने भएको छ। यसअघि सर्वोच्चको आदेशपछि रोकिएको भदौ २१, २२, २३ र २४ गते तय गरिएका परीक्षा असोज ३, ५, ६ र ७ गते हुने परीक्षा नियन्त्रण महाशाखा महाराजगञ्ज प्रवेश परीक्षा सञ्चालक समितिले निकालेको सूचनामा उल्लेख छ।चिकित्सा शिक्षा ऐनभन्दा बाहिर...
भदौ ३१, काबुल । अफगानका राष्ट्रपति अशरफ घानी सहभागी रहेको एक चुनावी र्‍याली नजिकै विष्फोट हुँदा कम्तीमा २४ जनाको ज्यान गएको छ । परवान प्रान्तको चारिकर शहरमा चुनावी र्‍यालीमा विष्फोट भएको हो । विष्फोटमा अरु ३१ जना घाइते भएका छन् । विष्फोटमा राष्ट्रपति घानी भने सुरक्षित रुपमा बच्न सफल भएको अफगान अधिकारीले जनाएका छन् ।मारिनेमा महिला तथा बालबालिकासमेत रहेको...
भदौ ३१, इटहरी । नेकपा इटहरी नगरको गुट विवाद छताछुल्ल भएको छ। नगर कमिटी गठनलाई लिएर असन्तुष्ट समूहले मंगलबार इटहरीस्थित प्रदेश कार्यालय तालाबन्दी गरेपछि विवाद छताछुल्ल भएको हो। मंगलबार नेकपा युवा नेताको समूहले तालाबन्दी गरेको हो। झण्डै तीन साताअघि पनि सोही समूहले इटहरी नगर पार्टी कार्यालय तालाबन्दी गरेको थियो। ताला लागेपछि विवाद समाधान गर्न पटकपटक छलफल भएपनि सहमति जुटेको...
भदौ ३१ काठमाडौं । सत्तारुढ समाजवादी पार्टीले चुनाव चिन्ह पञ्जा रोजेको छ । नयाँ चुनाव चिन्हको खोजीको क्रममा पञ्जामा सहमति जुटेको समाजवादीका एक नेताले बताए । समाजवादी पार्टी पञ्जा चुनाव चिन्ह माग गर्दै निर्वाचन आयोगमा पत्र समेत पठाएको छ । आयोगले भने निर्णय गर्न बाँकी छ ।तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकता गर्दा दुबै को...
भदौ ३१, इलाम । राधा दर्जीले चियाको बोट सुम्सुम्याउन थालेको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत छन् । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न, फोटो खिच्न, घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन् ।पिठ्यूँमा डोको र थाप्लोमा डोको अड्याउन प्रयोग भएको नाम्लो भिर्नुभएकी दर्जीका...
भदौ ३१, काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ का वडाध्यक्षसहित तीन जनालाई गाउँपालिका कार्यालय तोडफोडको आरोपमा प्रहरीले पक्राउ गरेको छ। वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य र तरुण दलका विपुल भनिने टीकाराम पौडेलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका वडाध्यक्ष र सदस्य नेपाली कांग्रेसका तर्फबाट निर्वाचित थिए।उनीहरूलाई आज बिहान पोखरा महानगरपालिका–५ जिरोकिलोमिटरबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा...
भदौ ३१, काठमाडौं । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सैनिकहरूले पाउँदै गरेको भत्तामा प्रतिमहिना ८५ अमेरिकी डलर (साढे ९ हजार बढी रुपैयाँ) वृद्धि गर्ने निर्णय गरेको छ।सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको सोमबार बसेको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको एक हजार २९ अमेरिकी डलर भत्तामा ८५ डलर थप गरी प्रतिमहिना एक हजार ११४ अमेरिकी डलर...
-भुवन सिवाकाेटी “चाैघरे” म माथि अनगीन्ति झुटा मुद्दाहरू छन् तर प्रमाण म मात्र हुँ निर्दाेषिताकाेम निर्दाेष हुँदाहुँदै परिबन्दले न्याय माग्न पुगेकाे छु न्यायालयमा वरिपरि पुलिस छन् वकिल छन् निर्दाेष मेराे हातमा हत्कडि छअदालतकाे आँगनमा देख्छु आँखामा पट्टि बाँधिएकी नारी माैन आकृतिमा हातमा तराजु बाेकेर उभिइरहेकि छन् सन्तुलनमा छ तराजु हावा चलेकाे छैन असन्तुलित देखिदैन्केहि समय पछि जब न्यायालयमा हावा चल्ने छ विस्तारै न्यायाधिसले प्रश्न, उत्तर र प्रमाण किर्ते नै किन नहाेस थप्दै जानेछ पक्ष विपक्षकाे एक एक खन्डमा वकिलहरू...