चिकित्सा शास्त्र अध्ययनको प्रवेश परीक्षा असोज ३ गतेदेखि

780

भदौ ३१,
काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले स्नातक तहका लागि असोज ३ गतेदेखि प्रवेश परीक्षा लिने भएको छ।
यसअघि सर्वोच्चको आदेशपछि रोकिएको भदौ २१, २२, २३ र २४ गते तय गरिएका परीक्षा असोज ३, ५, ६ र ७ गते हुने परीक्षा नियन्त्रण महाशाखा महाराजगञ्ज प्रवेश परीक्षा सञ्चालक समितिले निकालेको सूचनामा उल्लेख छ।

चिकित्सा शिक्षा ऐनभन्दा बाहिर गएर एमबिबिएस लगायतको प्रवेश परीक्षा लिन लागेपछि सर्वोच्चमा रिट परेको थियो।