शान्ति सेनामा जाने सिपाहीको मासिक भत्तामा वृद्धि

211

भदौ ३१,
काठमाडौं । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सैनिकहरूले पाउँदै गरेको भत्तामा प्रतिमहिना ८५ अमेरिकी डलर (साढे ९ हजार बढी रुपैयाँ) वृद्धि गर्ने निर्णय गरेको छ।

सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको सोमबार बसेको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको एक हजार २९ अमेरिकी डलर भत्तामा ८५ डलर थप गरी प्रतिमहिना एक हजार ११४ अमेरिकी डलर ९१ लाख २७ हजार रुपैयाँ० कायम गर्ने निर्णय गरेको हो। वृद्धि गरिएको भत्तादर असोज १४ (अक्टुबर १) देखि लागू हुने नेपाली सेनाले जनाएको छ।

बैठकले गणको नेतृत्व गर्ने गणपति प्रमुख सेनानीले पाउने भत्तामा भने २१ डलर वृद्धि भएर एक हजार ३९९ अमेरिकी डलर पुगेको छ। प्रमुख सेनानीले यसअघि एक हजार ३७८ अमेरिकी डलर भत्ता पाउने गरेका थिए। संयुक्त राष्ट्रसंघको आह्वानमा अहिले ११ देशका १२ मिसनमा ५ हजार ९५ जना सैनिक शान्ति सैनिकका रूपमा कार्यरत छन्।