कविता : न्यायकाे खाेट

230

-भुवन सिवाकाेटी “चाैघरे”
म माथि
अनगीन्ति झुटा मुद्दाहरू छन्
तर प्रमाण
म मात्र हुँ निर्दाेषिताकाे

म निर्दाेष हुँदाहुँदै
परिबन्दले न्याय माग्न पुगेकाे छु
न्यायालयमा
वरिपरि पुलिस छन्
वकिल छन्
निर्दाेष मेराे हातमा हत्कडि छ

अदालतकाे आँगनमा देख्छु
आँखामा पट्टि बाँधिएकी नारी
माैन आकृतिमा
हातमा तराजु बाेकेर उभिइरहेकि छन्
सन्तुलनमा छ तराजु
हावा चलेकाे छैन असन्तुलित देखिदैन्

केहि समय पछि
जब न्यायालयमा हावा चल्ने छ
विस्तारै न्यायाधिसले
प्रश्न, उत्तर र प्रमाण किर्ते नै किन नहाेस
थप्दै जानेछ
पक्ष विपक्षकाे एक एक खन्डमा
वकिलहरू थप्दै जानेछन्
किर्ते साक्षी प्रमाण

उता न्यायलयकाे लेटर प्याडमाथि
कालाे लाहाछाप चुपचाप छ
वकिलकाे दलिल सकिएपछि
ठाेक्ने छ न्याधिसले फैसला सुनाउँदै
लालमाेहर

दूधकाे दूध पानीकाे पानी
सत्यकाे जीत हुन्छ हुन्न
काैतुहलमा जाँचकि बनेर उभिएकाे छु म
ठिक तराजु मुन्तिर
कठघराकाे कसीमा
मलाईमात्र थाहा छ म निर्दाेष छु

बहस सुरू भयाे
विपक्षी वकिलले चर्काे दलिल गर्दै गए
दाेषि करार गर्न
किर्ते प्रमाणहरू जुट्दै गए

मेराे फितला प्रमाणहरू देखेपछि
मेरा वकिलले पनि साेधेनन् मलाई
अनगिन्ती प्रश्न
तर
म आफै ज्यूँदाे प्रमाण हुँदाहुँदै
कहाँबाट ल्याउँ किर्ते साक्षी
दाेषी करार मुक्त हुन
प्रमाण मानेन अदालतले

संभव पनि थिएन

तामा, तुलसी, गीता र भागवत छाेएर
कसम खाने संस्कारकाे मान्छे
छाेरा छाेरी काखमा राखेर
निर्दाेषिताकाे कसिमा उभिएर
कसम खाने परम्पराकाे मान्छे
तर
आँखाहरूमा कालाे पट्टि छाेपिएकाे छ
अँध्याराे भित्रबाट
असन्तुलित तराजु देख्दै देखेन
न्यायमुर्तीले

अन्तत: फैसला भाे
थपेर चुनाकाे धुलाे
पानीलाई दूध बनायाे वकिलले
देखेन कसैले पनि
पानीमा घुलिएकाे मिस्रण
र निर्दाेष मलाई
देख्याे केवल सेताे दूधकाे रगं

वाह कानुन !
फैसला र फैसलाकाे बहस
त्याे सामर्थ्य अन्त छैन रहेछ
केबल न्यायालयमा रहेछ
जहाँ वकिलहरू
कालाेकाेटमा हृदय छाेपेर
सेताे अनुहार देखाउछन्
दाेषिलाई छुटाउँछन
निर्दाेसलाई कैदि बनाउछन् ।