समाजवादी पार्टीको चुनाव चिन्ह पञ्जा, दुबैको तत्कालीन चुनाव चिन्ह नराख्ने सहमति

568

भदौ ३१
काठमाडौं । सत्तारुढ समाजवादी पार्टीले चुनाव चिन्ह पञ्जा रोजेको छ । नयाँ चुनाव चिन्हको खोजीको क्रममा पञ्जामा सहमति जुटेको समाजवादीका एक नेताले बताए । समाजवादी पार्टी पञ्जा चुनाव चिन्ह माग गर्दै निर्वाचन आयोगमा पत्र समेत पठाएको छ । आयोगले भने निर्णय गर्न बाँकी छ ।

तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकता गर्दा दुबै को चुनाव चिन्ह नराख्ने सहमति भएको थियो । समाजवादीको मसाल र नयाँ शक्तिको आँखा चुनाव चिन्ह थियो ।