Thursday, October 22, 2026
Home समाचार गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा वडाध्यक्ष नै पक्राउ

गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा वडाध्यक्ष नै पक्राउ

169

भदौ ३१,
काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ का वडाध्यक्षसहित तीन जनालाई गाउँपालिका कार्यालय तोडफोडको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य र तरुण दलका विपुल भनिने टीकाराम पौडेलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका वडाध्यक्ष र सदस्य नेपाली कांग्रेसका तर्फबाट निर्वाचित थिए।

उनीहरूलाई आज बिहान पोखरा महानगरपालिका–५ जिरोकिलोमिटरबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगिएको बगरस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक थापाले बताए। कानुनी प्रक्रियाअनुसार गाउँपालिकाको बारेमा सूचना माग गर्दा सूचना नदिएको भन्दै कांग्रेस कार्यकर्ताले गत भदौ २५ गते गाउँपालिकाको बैठक कक्षका केही फर्निचर तोडफोड गरेका थिए

कार्यालय तोडफोडमा संलग्न रहेको किटानी जाहेरीसहित गाउँपालिकाले उजुरी दर्ता गराएको थियो । साथै गाउँपालिकाको कार्यालय तोडफोडको आरोपमा उनीहरूसहित अन्य ४५ विरूद्ध प्रहरीमा उजुरी दर्ता गराइएको गाउँपालिका कार्यवाहक प्रमुख कृष्णकुमारी दवाडीले बताइन्।
(राससको सहयोगमा)