Monday, August 3, 2026
Home Blog Page 1309
अशोज २, काठमाडौं । आजदेखि ४ गतेसम्म काठमाडौंका रत्नपार्क र बालाजुस्थित बाइसधारा घुम्न शुल्क तिनु नपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले संविधान दिवसको अवसरमा काठमाडौंका पार्क घुम्न पैसा तिनु नपर्ने व्यवस्था गरेको हो । महानगरले संविधान दिवसलाई भव्य बनाउन भन्दै पार्कमा समेत प्रवेश शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । बालाजुस्थित बाइसधारा र रत्नपार्क प्रवेशमा लिइँदै आइएको प्रवेश शुल्क...
अशोज २, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६६औँ स्थानमा रहेको थियो । दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १०४औँ स्थानमा छ भने...
असोज २ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार विकास निर्माणमा सुस्त छ, भ्रष्टाचार बढाउनमा अग्रसर देखिएको बताएका छन् । ‘सरकार विकास निर्माणमा सुस्त छ, भ्रष्टाचार बढेको छ,’ प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै देउवाले भने, ‘वाइडबडी, न्यारो बडी, बालुवाटार जग्गा, सुन काण्डलगायत भ्रष्टाचारको छानविन सरकारले गरेको छैन। यो सरकार बनेको डेढ बर्षमा इतिहासकै धेरै भ्रष्टाचार...
असोज २, काठमाडौं । फिल्म ‘लप्पन छप्पन २’ को फस्टलुक सार्वजनिक भएको छ । फिल्मको फस्टलुकको रुपमा पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा फिल्मका दुई नायक सौगात मल्ल र अर्पण थापालाई प्रस्तुत गरिएको छ ।पोस्टरमा अर्पण थापा निकै फरक लुकमा देखिएका छन् । उनको हेयर स्टाइलले निकै फरक रहेको छ भने सौगात मल्लको हातमा पेस्तोल देख्न सकिन्छ ।...
असोज २ काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, राहदानी विधेयक र भूमिसम्बन्धी ९आठौँ संशोधन० विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले...
असोज २ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संघीय संसदका दुवै सदनमा गर्ने भनिएको सम्बोधन रोकिएको छ। संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा शुक्रबार प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकोले बिहीबार सदनमा सम्बोधन गर्ने कार्यक्रम रोकिएको हो। प्रधानमन्त्री ओलीका प्रेस सहयोगी चेतन अधिकारीका अनुसार प्रधानमन्त्रीले शुक्रबार संविधान दिवसमा नै सम्बोधन गर्नेछन्।‘संसदमा गर्ने भनिएको सम्बोधन आजका लागि नहुने भयो,’...
असोज २ काठमाडौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राजधानीमा बिहीबार पत्रकारहरुसँगको छलफलमा बोल्दै सरकारलाई दसैँपछि अल्टिमेटम दिएर सरकारबाट बाहिरिने बताएका छन् ।‘फोरमसँग एकीकरण गर्दा यही सहमति भएको हो । त्यो सहमति अब पूरा हुँदैछ । अब हामी धेरै पर्खिदैनौँ,’ डा। भट्टराईले भने ।उनले अहिले आफुहरु पार्टी एकिकरण र समायोजनमा व्यस्त भएको भन्दै पार्टी एकीकरण सकिने...
असोज २, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको दिशा र दूरी मापन गर्ने उपकरण बिग्रँदा उडान अवतरण प्रभावित भएको छ। दुई घण्टासम्म उपकरण ठप्प भएपछि त्यसको असर एयर ट्राफिकमा देखिएको हो। विमानस्थलका प्रवक्ता प्रताब तिवारीका अनुसार उपकरण मर्मत भएर सञ्चालनमा आइसकेको छ। तर अहिले बढेको ट्राफिकले बेलुकासम्मै प्रभावित हुने छ।
असोज २, काठमाडौं । २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गगीय गणेशमान सिंहको २२औँ स्मृति दिवसको अवसरमा बिहीबार बिहान गणेशमान सिंह फाउण्डेशनको आयोजनामा शोभाभगवतीमा माल्यार्पण गरिएको छ। कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। 'स्वर्गीय सिंह संघर्षशील, त्यागी, लौहपुरुष हुनुहुन्थ्यो', उनले भने, 'उहाँ प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्न सक्ने नेता हुनुहुन्थ्यो।'...
असोज २, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वखर्थमन्त्री डा. रामशरण महतले उर्जा क्षेत्रको विकासका लागि जलविद्युत परियोजनामा नीजीक्षेत्रले वनाउन अनुकुल वातावरण बनाउनु पर्ने वताएका छन् । बुधवार राजधानीमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालले आयोजना गरेको अन्र्तक्रियात्मक कार्यक्रममा बोल्दै नेता महतले भने नीजि क्षेत्रले बनाउन नसक्ने परियोजनामा मात्र सरकारले बनाउने हो सरकार त लगानी मैत्री वतावरण बनाउने...