डा.भट्टराई भन्छन् दसैँपछि अल्टिमेटम दिएर सरकार छाड्ने तयारीमा छौं

97

असोज २
काठमाडौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राजधानीमा बिहीबार पत्रकारहरुसँगको छलफलमा बोल्दै सरकारलाई दसैँपछि अल्टिमेटम दिएर सरकारबाट बाहिरिने बताएका छन् ।

‘फोरमसँग एकीकरण गर्दा यही सहमति भएको हो । त्यो सहमति अब पूरा हुँदैछ । अब हामी धेरै पर्खिदैनौँ,’ डा। भट्टराईले भने ।उनले अहिले आफुहरु पार्टी एकिकरण र समायोजनमा व्यस्त भएको भन्दै पार्टी एकीकरण सकिने बित्तिकै सरकारलाई एउटा अल्टिमेटम दिने र सरकारबाट बाहिर निस्कने बताए ।