नीजि क्षेत्रले नसक्ने परियोजना मात्र सरकारले बनाउने हो : नेता महत

163

असोज २,
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वखर्थमन्त्री डा. रामशरण महतले उर्जा क्षेत्रको विकासका लागि जलविद्युत परियोजनामा नीजीक्षेत्रले वनाउन अनुकुल वातावरण बनाउनु पर्ने वताएका छन् । बुधवार राजधानीमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालले आयोजना गरेको अन्र्तक्रियात्मक कार्यक्रममा बोल्दै नेता महतले भने नीजि क्षेत्रले बनाउन नसक्ने परियोजनामा मात्र सरकारले बनाउने हो सरकार त लगानी मैत्री वतावरण बनाउने तर्फ लाग्नु पर्दछ । जलविद्युत क्षेत्रमा जति ढिला गर्यो उति नै क्षति हुने भन्दै उनले ढिला गर्दा जल विद्युतको विकल्प अन्य वैकलपिक उर्जाले लिन सक्दछ । त्यसकारण विलम्व गर्नु हुदैन । कार्यक्रममा उर्जा उद्यमीहरुले सरकारले उत्पादन गर्ने फरक दर रेट भएको गुनासो गरे । पछि नेता महतले यसलाइ सच्याइ एउटै दर रेट वनाउन सरकारलाइृ आग्रह गरे ।