Monday, October 5, 2026
Home अर्थ विमानस्थलको दिशा र दूरी मापन गर्ने उपकरण बिग्रँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

विमानस्थलको दिशा र दूरी मापन गर्ने उपकरण बिग्रँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

200

असोज २,
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको दिशा र दूरी मापन गर्ने उपकरण बिग्रँदा उडान अवतरण प्रभावित भएको छ। दुई घण्टासम्म उपकरण ठप्प भएपछि त्यसको असर एयर ट्राफिकमा देखिएको हो। विमानस्थलका प्रवक्ता प्रताब तिवारीका अनुसार उपकरण मर्मत भएर सञ्चालनमा आइसकेको छ। तर अहिले बढेको ट्राफिकले बेलुकासम्मै प्रभावित हुने छ।