प्रधानमन्त्रीले आज दुवै सदनमा सम्बोधन नगर्ने

94
फाइल तस्बिर

असोज २
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संघीय संसदका दुवै सदनमा गर्ने भनिएको सम्बोधन रोकिएको छ। संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा शुक्रबार प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकोले बिहीबार सदनमा सम्बोधन गर्ने कार्यक्रम रोकिएको हो। प्रधानमन्त्री ओलीका प्रेस सहयोगी चेतन अधिकारीका अनुसार प्रधानमन्त्रीले शुक्रबार संविधान दिवसमा नै सम्बोधन गर्नेछन्।

‘संसदमा गर्ने भनिएको सम्बोधन आजका लागि नहुने भयो,’ उनले भने, ‘भोलि संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमबाट सम्बोधन गर्नुहुनेछ।’
प्रधानमन्त्री ओलीले बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभामा सम्बोधन गर्ने, सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम थियो।