‘लप्पन छप्पन २’को फस्टलुकमा यस्तो देखिए सौगात र अर्पण

248

असोज २,
काठमाडौं । फिल्म ‘लप्पन छप्पन २’ को फस्टलुक सार्वजनिक भएको छ । फिल्मको फस्टलुकको रुपमा पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा फिल्मका दुई नायक सौगात मल्ल र अर्पण थापालाई प्रस्तुत गरिएको छ ।

पोस्टरमा अर्पण थापा निकै फरक लुकमा देखिएका छन् । उनको हेयर स्टाइलले निकै फरक रहेको छ भने सौगात मल्लको हातमा पेस्तोल देख्न सकिन्छ । साथै केहि कलाकारलाई फ्रान्सको पेरिसस्थित आइफिल टावरतर्फ हेर्दै गरेको देख्न सकिन्छ । मुकुन्द्र भट्टले निर्देशन गरेको फिल्ममा सौगात र अर्पणसँगै दयाहाङ राई, अनूप विक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमार लगायत कलाकारको अभिनय रहेको छ ।
मुकुन्द भट्टले निर्देशन गरेको फिल्ममा चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीको लगानी रहेको छ । फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका छन् ।