असोज ७,
काभ्रे । पार्टी एकताको प्रक्रिया सुरु भएको करिव डेढ वर्षपछि नेकपा काभ्रेका एकता प्रक्रिया टुङ्गिएको छ । नेकपा काभ्रेको एक वर्ष अघि तय भएका पदाधिकारी तथा सदस्यहरूमा भने केही हेरफेर भएको छ ।यसअघि नेकपा काभ्रेका अध्यक्षमा सूर्यमान दोङ सिफारिस भएकोमा पार्टी केन्द्रले दुवै पार्टीका साविक जिल्ला अध्यक्षहरू अध्यक्ष र सचिव रहने नीति लिएपछि माओवादी तर्फबाट जिल्ला इन्चार्ज रहेकी...
असोज ७,
मनाङ । मनाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मनाङको ङिस्याङ गाउँपालिका-२, घ्यारुबाट सदरमुकाम चामे आउँदै गरेको ग १ ज ७२७८ नम्बरको जीप घ्यारुमा दुर्घटना भएको हो । दुर्घटनामा चालक मकवानपुरका बर्ष २२ का बिशाल तामाङको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मनाङका इन्स्पेकटर श्रवणकुमार...
असोज ७,
काठमाडौं । नेपाल आयल निगम (एनओसी)ले घटेको मूल्य अनुसार ग्याँस कारोबार नगर्ने व्यवसायीहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । सोमबार निगमले एक विज्ञप्ति जारी गर्दै बजार अनुगमनका क्रममा पुरानै मूल्यमा एल।पी ग्याँस कारोबार भइरहेको पाइएकाले त्यसो नगर्न आम ग्याँस व्यवसायीलाई सचेत गराएको हो । अन्यथा निगम कडा कारबाही गर्न बाध्य हुने जारी विज्ञप्तिमा उल्लेख छ । एनओसीले...
असोज ७,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औँ जन्मदिनका अवसरमा उनको सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाई ज्ञापन गरेका थिए ।“नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस्”, प्रधानमन्त्रीले गरेको ट्वीटमा उल्लेख छ । हाल ‘ऋतम्भरा’ महाकाव्य सिर्जनारत कविवर घिमिरेको जन्म विसं...
असोज ७,
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेकाे छ। बोर्डले मंगलबार बिहान नतिजा सार्वजनिक गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार बाउन्न परीक्षार्थी सहभागी थिए। बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । गत वैशाख र जेठ महिनामा सञ्चालित परीक्षामा आंशिक र नियमिततर्फ गरी...
असोज ७,
काठमाडौं । स्वयम्भूतर्फबाट रन्थनिँदै न्यूरोड आइपुगेको राँगोलाई प्रहरीले गोली हानेर मारेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले राँगोलाई गोली हानेको हो । मान्छेलाई हान्दै न्युरोड आइपुगेको राँगालाई प्रहरीले गोली हानेर मारेको थियो।साढे ६ बजे बिहान न्युरोड पुगेको राँगोलाई प्रहरीले गोली हानेको थियो। बिहानैको घटना भएकाले ठूलो क्षति भने हुन पाएन। महानगरीय प्रहरी बृत्त जनसेवाका प्रहरी नायब...
नागरिक दैनिक असोज ७,
काठमाडौं – ललितानिवासको २ सय ९९ रोपनी सरकारी जग्गा व्यक्तिले हडपेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा २०५८ सालदेखि नै उजुरी पर्न थालेका थिए। तर तीमाथि छानबिन गर्न अख्तियारले चासो नदेखाएको खुल्न आएको छ। ललितानिवासको सरकारी जग्गा हडप्ने काम रोक्न माग गर्दै अख्तियारमा हालसम्म सयभन्दा बढी उजुरी परिसकेका छन्। यसलाई अख्तियारका प्रवक्ता प्रदीप कोइराला पनि स्वीकार...
असोज ८, नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका(८ मा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगल क्षेत्रमा गएराति ठोक्किँदा कारमा सवार व्यक्तिहरुको मृत्यु भएको हो । मृत्यु हुने सबै पुरुष छन् । प्रहरी स्रोतका अनुसार नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका...
असोज ७,
भक्तपुर । नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनबाट अध्यक्षमा पुनः नारायणमान बिजुक्छे चयन भएका छन । २०७४ सालको संघीय संसदको निर्वाचनमा सांसद पद त्यागेका बिजुक्छेले उमेर ८० वर्ष हुदाँ पनि पार्टीको अध्यक्ष पद त्याग गर्न सकेनन् । यसो हुदाँ पार्टीमा लागेका युवा र पछिल्लो पुस्ता पार्टीबाट पलायन हुने खतरा देखिएको छ । विगतमा भक्तपुर बाहेकका जिल्लाबाट समेत...
असोज ६,
दोलखा । नेपाली काङ्ग्रेसका युवा नेता गणेश लामाले पार्टीमा युवाहरूलाई समेट्दा मात्रै संगठन मजबुत हुने बिचार व्यक्त गरेका छन । काङ्ग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत दोलखाको जिरी र बैतेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता लामाले युवाहरूलाई राजनीतिमा लागेर देशको सेवा गर्न आव्हान गरे। दोलखा जिल्लाको प्रदेश (क) को केन्द्रिय प्रतिनिधि तथा कार्यक्रमको प्रमुख अतिथि नेता...










