मनाङमा जीप दुर्घटना, चालकको मृत्यु

67

असोज ७,
मनाङ । मनाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मनाङको ङिस्याङ गाउँपालिका-२, घ्यारुबाट सदरमुकाम चामे आउँदै गरेको ग १ ज ७२७८ नम्बरको जीप घ्यारुमा दुर्घटना भएको हो । दुर्घटनामा चालक मकवानपुरका बर्ष २२ का बिशाल तामाङको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मनाङका इन्स्पेकटर श्रवणकुमार बिकले बताए ।

बिहान साढे ९ बजेको समयमा जीप दुर्घटना भएको हो । जीपमा ५ जना यात्रु रहेको र उनीहरु गाडीबाट झरेपछि चालकले गाडी फर्काउदा दुर्घटना भएको बुझिएको छ । दुर्घट्नास्थल हुम्दे प्रहरी चौकीबाट १० किलोमिटर पर रहेकाले सो स्थानमा प्रहरी खटाईएको मनाङका प्रमुख जिल्ला अधिकरी पुष्पराज पौडेलले बताए ।