असोज ७,
काभ्रे । पार्टी एकताको प्रक्रिया सुरु भएको करिव डेढ वर्षपछि नेकपा काभ्रेका एकता प्रक्रिया टुङ्गिएको छ । नेकपा काभ्रेको एक वर्ष अघि तय भएका पदाधिकारी तथा सदस्यहरूमा भने केही हेरफेर भएको छ ।
यसअघि नेकपा काभ्रेका अध्यक्षमा सूर्यमान दोङ सिफारिस भएकोमा पार्टी केन्द्रले दुवै पार्टीका साविक जिल्ला अध्यक्षहरू अध्यक्ष र सचिव रहने नीति लिएपछि माओवादी तर्फबाट जिल्ला इन्चार्ज रहेकी रुकु चौलागाईंको अध्यक्षतामा नेकपा काभ्रे गठन हुने बाटो खुलेको थियो । नेकपा काभ्रेमा अध्यक्ष चौलागाईं र सचिवमा मण्डनदेउपुर नगरप्रमुख समेत रहेका टोकबहादुर वाईवा रहने पार्टी केन्द्रको निर्णय भएको छ महिना वितिसक्दा समेत जिल्ला कमिटिको एकता हुन सकेको थिएन ।
नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय सदस्य तथा सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई नेकपा काभ्रेको इञ्चार्ज तोकेपछि अघि बढेको एकता प्रक्रियाले पूर्णपा पाएको हो । नेकपा एमालेका तर्फबाट ७८ र माओवादी केन्द्रका तर्फबाट ६७ रहने जनाको जिल्ला कमिटिमा अहिले एमालेबाट साविक जिल्ला कमिटिका ६३ र माओवादीबाट ६५ जना सिफारिस भएका छन् । बाँकी १७ जना सदस्य पछी मनोनित गर्नेगरी नेकपा काभ्रेको एकता प्रक्रिया टुङ्गिएको हो ।