Sunday, September 27, 2026
Home शिक्षा कक्षा ११ को नतिजा आज सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

कक्षा ११ को नतिजा आज सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

258

असोज ७,
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित  गरेकाे छ।  बोर्डले मंगलबार बिहान नतिजा सार्वजनिक गरेको हो ।   कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार बाउन्न परीक्षार्थी सहभागी थिए।  बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । गत वैशाख र जेठ महिनामा सञ्चालित परीक्षामा आंशिक र नियमिततर्फ गरी ५ लाख ९ हजार ५२ जना परीक्षार्थी सहभागी थिए ।

नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २ हजार ३१९, ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ७७२, २.८१ देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ३२ हजार २५३, २.४१ देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५४ हजार ८१६, २.१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८४ हजार २३९, १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ६५०, १.२१ देखि १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४३ हजार ३७, ०.८१ देखि १.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार १७१ र ० देखि ०.८१ जीपीए ल्याउने विद्यार्थीको संख्या २१ हजार ३४६ जना रहेको छ ।