Sunday, September 27, 2026
Home राजनीति पार्टीमा युवाहरूलाई समेट्दा मात्र संगठन मजबुत हुन्छः गणेश लामा

पार्टीमा युवाहरूलाई समेट्दा मात्र संगठन मजबुत हुन्छः गणेश लामा

441

असोज ६,
दोलखा । नेपाली काङ्ग्रेसका युवा नेता गणेश लामाले पार्टीमा युवाहरूलाई समेट्दा मात्रै संगठन मजबुत हुने बिचार व्यक्त गरेका छन । काङ्ग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत दोलखाको जिरी र बैतेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता लामाले युवाहरूलाई राजनीतिमा लागेर देशको सेवा गर्न आव्हान गरे। दोलखा जिल्लाको प्रदेश (क) को केन्द्रिय प्रतिनिधि तथा कार्यक्रमको प्रमुख अतिथि नेता लामाले जागरण अभियान पछि पनि आफू दोलखाको संगठन बिस्तारका लागि लागिपर्ने प्रतिबद्ध व्यक्त गरे। कार्यक्रममा अर्को केन्द्रीय प्रतिनिधि तथा विशेष अतिथि रामचन्द्र खड्काले आपसी मतभेद त्यागेर पार्टी हितमा काम गर्न आग्रह गरे। दोलखा जिल्ला पार्टी सभापति रुद्र बहादुर खड्काले आगामी निर्वाचनमा जित्ने गरि संगठन बनाउन लागिपर्ने प्रतिबद्ध व्यक्त गरे।