बिजुक्छेको अध्यक्ष मोहः पार्टीबाट नयाँ पुस्ता पलायनको खतरा

133

असोज ७,
भक्तपुर । नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनबाट अध्यक्षमा पुनः नारायणमान बिजुक्छे चयन भएका छन । २०७४ सालको संघीय संसदको निर्वाचनमा सांसद पद त्यागेका बिजुक्छेले उमेर ८० वर्ष हुदाँ पनि पार्टीको अध्यक्ष पद त्याग गर्न सकेनन् । यसो हुदाँ पार्टीमा लागेका युवा र पछिल्लो पुस्ता पार्टीबाट पलायन हुने खतरा देखिएको छ । विगतमा भक्तपुर बाहेकका जिल्लाबाट समेत सांसद जित्दै आएको नेमकिपा २०७४ सालको निर्वाचनदेखि भक्तपुर १ नम्बर निर्वाचन क्षेत्रमा मात्र सिमित भएको छ । वि।सं। १९९६ साल फागुन २६ गते भक्तपुरमा जन्मीएका बिजुक्छे १५ वर्षको उमेरदेखी हालसम्म राजनीतिमा सक्रिय छन् । वि।सं। २०२७ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनेका बिजुक्छे तत्कालीन पुर्वी पाकिस्तान (बङ्लादेश)माथि भारतको हस्तक्षेप र अरू सैद्धान्तिक कुरामा पुष्पलालसँग मतभेद भएपछि सो समुह छोडेका थिए ।

पछिल्लो समय नेमकिपालाई एक जिल्लामा मात्रै राजनीति गर्ने पार्टी भनेर आलोचना गर्ने गरिन्छ । २०७४ सालमा सम्पन्न प्रदेश र स्थानीय निर्वाचनमा ३ नम्बर प्रदेशमा प्रत्यक्ष तर्फ एक र समानुपाति तर्फ एक गरेर दुई सिट र स्थानीय तह अन्तरगत भक्तपुर नगरपालिकको सम्पूर्ण १० वडामा एकलौटी जित हासिल गरेको छ । हाल संघीय संसदमा प्रेम सुवाल, ३ नम्बर प्रदेश संसदमा सुरेन्द्रराज गोसाई र सिर्जना सैंजुले नेमकिपाको तर्फबाट प्रतिनीधित्व गर्दै आएका छन् ।

अध्यक्षमा नारायणमान एकछत्र राज हुदाँ, सचिवमा कहिले प्रेम सुवाल त कहिले सुनिल प्रजापतिले पालो हुने गरेको छ । पार्टीको संसद वा स्थानीय तहको नेतृत्वमा २०६४ सालमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट बिजुक्छे, २ बाट सुनिल प्रजापति सभासद भए । समानुपातीकबाट प्रेम सुवाल, डिल्ली काफ्ले र लिला न्याईच्याई सभासद भइन् । २०४८ सालदेखि लगातर निर्वाचन जित्दै आएका नेपकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएन् । उक्त क्षेत्रबाट पार्टीबाट वर्तमान सचिव प्रेम सुवालले उम्मेदवारी दिए । सुवाल बिजयी पनि भए । अन्यपार्टीका नेताहरु कुर्सी र पद मोहमा परेर टिकटको लागि मरिहत्ते गरिरहेको त्यो समयमा एकाएक उनको त्यो त्यागले धेरैलाई आश्र्चय चकित बनायो । नेपालको कम्युनिष्ट आन्दोलनमा बिजुक्छे एक त्यागी नेताको रुपमा रहे । पटक– पटक संसद भएका उनले न आफुले मन्त्री पदनै लिए नत आफ्नो पार्टीबाट कसैलाई पनि प्रतिनिधीत्व गराएनन् ।

बिजुक्छेले पार्टीमा पछिल्लो पुस्तालाई नेतृत्व दिए भने वर्तमान सचिव प्रेम सुवाल वा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति मध्य एकले पार्टीको नेतृत्व पाउन सक्छन् भन्ने अड्कन फेल खाएको छ । प्रेम सुवाल, सुनिल प्रजापति, डिल्ली प्रसाद काफ्ले, अनुराधा थापा मगर, लिला न्याइच्याई पार्टीका नेतृत्व पक्तिमा रहेर सांसद समेत भई सकेका नेता हुन् । पछिल्लो पुस्तामा रबिन्द्र ज्याख्वा, निरज लवजु, सिर्जना सैजु, सुरेन्द्रराज गोसाई, सरोजराज गोसाई, रामप्रसाद प्रजापतिलगायतका युवापुस्ता पार्टीको भातृ संगठन र केन्द्रीय कमिटिमा थिए ।

जानकारहरु भन्छन् ‘बिजुक्छेले नयाँ नेतृत्वमा अन्यलाई नल्याउनु उनी आफु बाहेक अरुलाई बिश्वास गर्दनन् कि भन्ने देखिन्छ । ‘ अर्का तर्फ हाल घोषित केन्द्रीय समितिमा सचिव र कोषाध्यक्ष समेत चयन नहुनुले पार्टी भित्र रहेको असन्तुष्टि त हैन ? भन्ने प्रश्न उब्जिएको छ । प्रेम सुवाल र सुनिल प्रजापतिबीच कसले बिजुक्छेपछि नेतृत्व लिने भन्ने एक प्रकारको होड छ, स्रोत भन्छ । त्यसैलेपनि बिजुक्छे आफुले सक्नेसम्म अध्यक्ष लिएर पार्टीमा गुटबन्दी रोक्न चाहान्छन् । भक्तपुर रहेर नेमकिपालाई लामो समय नियाल्दै आएकाहरु भन्छन् उत्तर कोरियाको जस्तै कतै आफ्नै परिवारका सदस्यलाई त बिजुक्छेले पार्टी सुम्पन चाहेका हुन कि भन्ने पनि लाग्छ । भक्तपुरका स्थानीय तहको निर्वाचनमा समेत निकै नराम्रो हार भोगको नेमकिपामा सातौं महाधिवेशन पछि झनै निराशता फैदा हुने देखिन्छ । वैचारिक प्रशिक्षणमा अब्बल नेमकिपाका कार्यकर्ताहरु नयाँ नेतृत्व नहुदाँ पार्टी पनि पहिले कै अवस्थामा आउछन वा क्रमश: हराएर अन्यत्र जान्छन् समयले देखाउने छ ।

हालै सम्पन्न महाधिवेशनबाट बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसमा २३ केन्द्रीय र २ जना बैकल्पिक केन्द्रीय सदस्य रहेका छन् । सोमबार सम्पन्न महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूको सर्वसम्मतिले बिजुक्छेलाई चयन गरेका हुन् । १९९६ मा भक्तपुरमा जन्मिएका बिजुक्छे ८० बर्षका भए । २०३१ साल माघ १० गते स्थापना भएको पार्टीमा उनी बिगत ४५ वर्षदेखि लगातार अध्यक्ष चुनिदै आएका छन् ।

अन्य नयाँ निर्वाचित कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही रहेका छन् । त्यसैगरी सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्र बहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यमा निर्वाचित भएका छन् ।
कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह पनि सदस्यमा निर्वाचित भएका छन् । बैकल्पिक केन्द्रीय सदस्यमा कृष्णबहादुर तामाङ र मुक्ति यादव निर्वाचित भएका छन् । नेमकिपाको महाधिवेशन यहि असोज ३ गते शुक्रबारदेखी सुरु भएर आज सोमबार समापन भएको छ । तस्विरः गुगल