Monday, August 3, 2026
Home Blog Page 1295
नागरिक दैनिक असोज ८, काठमाडौं । गृह मन्त्रालयले कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी अनुसन्धान सुरु गरेको छ। मन्त्रालयले एक हप्ताअघि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृत, शिक्षण अस्पतालका चिकित्सकसहितको अनुसन्धान टोली गठन गरेको हो।मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्णल सुवेदीले...
नेपाल समाचारपत्र दैनिक असोज ८, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सार्कस्तरीय कार्यालय ‘सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्र’ ठिमीमा सोमबार छापा मारेको छ। त्यहाँ कार्यरत उपसचिव कृष्णबहादुर बस्नेतका शैक्षिक प्रमाणपत्र नक्कली भएको आशंकाका कारण छापा मारिएको सीआबी टोलीले जानकारी दिएको छ।एसएलसीभन्दा माथिका सबै तहका प्रमाणपत्र नक्कली भएको र सोही कागजातका आधारमा प्रशासन प्रमुखको हैसियतमा पदोन्नति...
असोज ७, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले क्रान्ति पुरा नभएकाले आफु फेरि अध्यक्ष भएको बताएका छन् । बिजुक्छे निवास भक्तपुरको कमलविनायकमा मंगलबार पत्रकारहरुसंग कुरागर्दैं बिजुक्छेले भने ‘नेपालमा समाजवाद अझं नआएकाले म अध्यक्ष भएको हुँ ।’आफुलाई पार्टीले खटाएकाले नै अध्यक्ष भएकाले कुनै नौलो नलागेको यो कार्य श्वास फेरे जस्तै भएको बिजुक्छेले बताए । ‘व्यक्तिगत इच्छा र...
असोज ७, भक्तपुर । घुस काण्डमा परेका केही कर्मचारीहरुले आत्महत्या गर्न थालेका छन् । एकजनाले त अख्तियार दुूपयोग आयोगका आयुक्तको नाममा पत्र लेखेर जिवन त्यागे । अख्तियारले नियन्त्रणमा लिएर छुटेका तीन जनाले यो भन्दा अगाडी आत्महत्या गरे । सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जेमा एक जनाले आत्महत्या गरे । उनी थिए कंलकीस्थित मालपोत कार्यालयमा खरिदार पदमा कार्यरत रामहरि...
असोज ७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडकमा प्रदर्शन गरेको छ । पार्टीले चलाएको जागरण अभियानको दोस्रो चरणको अन्तिम दिन कांग्रेसले काठमाडौंको शान्तिवाटिकामा विरोध प्रदर्शन गरेको हो । सरकाले जनअपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै विरोध प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ । महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्याका घटना बढेको कांग्रसेको आरोप छ ।
असोज ७, हेटौंडा । मकवानपुरमा प्रहरीले दुई राउण्ड गोली हानेर एक ट्रक चालकलाई गाँजासहित पक्राउ गरेको छ । मंगलबार बिहान १ बजे पूर्वपश्चिम राजमार्गको हेटौंडा–१५ रातोमाटे पोष्टमा चेकजाँचका लागि चढेका प्रहरी जवान सञ्जीवकुमार दासलाई समेत लिएर भागेपछि पिछा गर्दै गएको प्रहरी टोलीले घेरा हाली ट्रक चालक पर्सा वीरगन्ज महानगरपालिका–२९ का अफ्रिका चौधरीलाई नियन्त्रणमा लिएको हो ।प्रहरीले चौधरीलाई नियन्त्रणमा लिँदा उनको...
असोज ७, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजासँगै ग्रेड वृद्धि ९पूरक० परीक्षाको तालिका समेत सार्वजनिक गरेको छ । बोर्डले आउँदो कार्तिक ३० गते शनिबार र मंसिर १ गते आइतबार गरी २ दिन पूरक परीक्षा हुने जानकारी गराएको हो । कार्तिक ३० गते शनिबारको दिन अनिवार्य अंग्रेजीको पूरक परीक्षा हुने छ । यसैगरी एक विषयमा मात्र परीक्षा दिने...
असोज ७ काठमाडौं । संसद निलम्बन गर्ने बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको निर्णय त्यहाँको सर्वोच्च अदालतले अवैधानिक ठहर गरेको छ ।, जोनसनले सेप्टेम्बर पहिलो हप्ता पाँच साताका लागि संसद निलम्बन गर्ने निर्णय गरेका थिए । तर अदालतले संसदलाई रोक्नु गलत हुने भन्दै जोन्सोनको निर्णय अवैधानिक ठहर गरेको हो ।सर्वोच्च अदालतककी प्रमुख लेडी हेलले ११ जना नाम नखुलाइएका न्यायाधीशको निर्णय संसद...
असोज ७, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावटलाई रणनीतिक रुपमा कम गर्दै जाने लक्ष्य राखेको छ । चालू आर्थिक वर्षमा प्राधिकरणले तय गरेको योजना शतप्रतिशत कार्यान्वयन भएको खण्डमा चालू आवमा वितरण तर्फको चुहावट आठ दशमलव ५० प्रतिशतमा सीमित हुनेछ । हाल वितरणतर्फको चुहावट ११ दशमलव २८ प्रतिशतमा रहेको प्राधिकरणले जनाएको छ । सो चुहावटलाई दुई दशमलव ७८ प्रतिशतले...
असोज ७, काठमाडौं । संगीत तथा नृत्य विद्यालय साधना कला केन्द र लाइब नेपालको संयुक्त आयोजनामा ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ कार्यक्रमको आयोजना हुन लागेको हो । तीन दशकदेखि निरन्तर अभिनय क्षेत्रमा सक्रिय महानायक राजेश हमालको सम्मानस्वरुप यो कार्यक्रम गर्न लागिएको हो ।आयोजकका अनुसार कार्यक्रम यही असोज १२ गते होटल सोल्टी क्राउन प्लाजामा हुनेछ । आयोजकले यस्तो खाले कार्यक्रम...