आफु किन यो पटक पनि नेमकिपाको अध्यक्ष भएको रहस्य खोले बिजुक्छेले(भिडियो सहित)

1495

असोज ७,
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले क्रान्ति पुरा नभएकाले आफु फेरि अध्यक्ष भएको बताएका छन् । बिजुक्छे निवास भक्तपुरको कमलविनायकमा मंगलबार पत्रकारहरुसंग कुरागर्दैं बिजुक्छेले भने ‘नेपालमा समाजवाद अझं नआएकाले म अध्यक्ष भएको हुँ ।’आफुलाई पार्टीले खटाएकाले नै अध्यक्ष भएकाले कुनै नौलो नलागेको यो कार्य श्वास फेरे जस्तै भएको बिजुक्छेले बताए । ‘व्यक्तिगत इच्छा र चाहाना भन्दापनि पार्टीको आवश्यकतामा रहेर आफुहरुले पार्टीले तोकेको पदमा रहेर काम गर्दर्छौं, बिजुक्छेले भने । ’
संघीय संसद र ३ नम्बर प्रदेशको संसदमा साचोँ प्रतिपक्ष भनेको नेमकिपा मात्र भएको भन्दै उनले भागबण्डामा भागे लिने प्रतिपक्ष हुन सक्दैन् बताए । ‘नेपाली कांग्रेसले कि त भागबण्डामा भाग लिनु भएको कि त प्रतिपक्ष भन्नु भएन, बिजुक्छेले भने ।’
नेपालका नेकपालगायतका कम्युनिष्टि भन्ने दलहरु कम्युनिष्ट नै नभएका आफुहरुले बिगतदेखि भन्दै आएको र केही दिन अगाडी प्रचण्डले समेत उक्त कुरा सार्वजनिक कार्यक्रम स्विकार गरेको उनको भनाई छ । ‘बन्दुक बोक्नेनै कम्युनिष्ट हुने भए पृथ्वी नारायण शाह, राणा शासक, कांग्रेस सबै कम्युनिष्ट हुने थिए, बिजुक्छेले भने । ’

नागरिकता विधेयक बारेमा बोल्दै बिजुक्छेले भने ‘ एकहातमा सिन्दुर र अर्कोहात नागरिकता दिने कुरा राम्रो होइन । बाहिरका मानिसलाई नागरिकता दिदाँ धेरै कुरा बिचार गरेरमात्र दिनु पर्ने उनको भनाई छ ।

कार्य विभाजन र प्रदेश इन्र्चाज तोकियो
नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनबाट नारायणमान बिजुक्छें रोहित अध्यक्षतामा २८ सदस्य कार्य समिति चयन भएको छ ।
मंगलबार बसेको पार्टीको बैठकले सचिवालय गठन गरेको छ । जसमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहन प्रसाद प्रजापति र नन्द बहादुर शाही रहेका छन् ।
केन्द्रीय सदस्यहरुमा डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्र बहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह रहेका छन् । कृष्णबहादुर तामाङ र मुक्ति यादव वैकल्पिक केन्द्रीय सदस्य छन् । आजको बैठकले रविन्द्र ज्याख्व केन्द्रीय सदस्य र राजेन्द्र चवाल र नारायण बहादुर दुवाललाई वैकल्पिक केन्द्रीय सदस्यमा नियुक्त गरेको नेमकिपाले जानकारी दिएको छ ।

प्रदेश संयोजक समेत तोकेको छ । जसमा प्रदेश १ मा उकेश कवां, २ मा सुरेन्द्रराज गोसाई, ३ मा प्रेम सुवाल, गण्डकीमा डिल्ली प्रसाद काफ्ले, ५ मा हरि सुन्दर वासी, कर्णालीमा सरोजराज गोसाई र सुदुरपश्चिम प्रदेशमा नन्दबहादुर शाहीलाई चयन गरेको हो ।