असोज ७,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडकमा प्रदर्शन गरेको छ । पार्टीले चलाएको जागरण अभियानको दोस्रो चरणको अन्तिम दिन कांग्रेसले काठमाडौंको शान्तिवाटिकामा विरोध प्रदर्शन गरेको हो । सरकाले जनअपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै विरोध प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ । महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्याका घटना बढेको कांग्रसेको आरोप छ ।