कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षा कार्तिक ३० र मंसिर १ मा

290

असोज ७,
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजासँगै ग्रेड वृद्धि ९पूरक० परीक्षाको तालिका समेत सार्वजनिक गरेको छ । बोर्डले आउँदो कार्तिक ३० गते शनिबार र मंसिर १ गते आइतबार गरी २ दिन पूरक परीक्षा हुने जानकारी गराएको हो । कार्तिक ३० गते शनिबारको दिन अनिवार्य अंग्रेजीको पूरक परीक्षा हुने छ । यसैगरी एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको थोरै कोड नम्बर भएको विषयको परीक्षा पनि सोही दिन हुने बोर्डले जनाएको छ । मंसिर १ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरु मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा बोर्डले जनाएको छ ।

थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।