Friday, August 7, 2026
Home Blog Page 1261
असोज २८, काठमाडौं । काठमाडौं जिल्ला अदालतले संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अझै तीन दिन हिरासतमा राख्ने अनुमति दिएको छ। जिल्ला...
असोज २८, काठमाडौं । महेश्वर दाहाल अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले महेश्वर दाहाललाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई आज नियुक्त गरेकी हुन् ।
असोज २८, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानी छाड्ने घोषणा गरेका छन्। पारसले दश वर्ष यता नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका छन्। आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई ससर्त निलम्बन फुकुवाको निर्णय गरे लगत्तै पारसले कप्तानी छाड्ने घोषणा गरेका हुन्। पारसले नयाँ कमिटी क्रिकेटको विकास लाग्ने अपेक्षा व्यक्त गरेका छन्।ुमैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने...
असोज २८, काठमाडौं । महानायक राजेश हमालले एसिड आक्रमणपछि उपचार गराइरहेको वीरगञ्जकी मुस्कान खातुनलाई भेटेका छन् । सोमबार कीर्तिपुर अस्पतालमै पुगेर हमालले मुस्कानलाई भेटेका हुन् । मुस्कानको अवस्था देखेर महानायक हमाल केहीबेर भावविह्वल समेत भए ।बुझिएअनुसार महानायक हमालले अहिलेजस्तो पीडा फेरि भोग्न नपरोस् भनी सान्वना दिए । भेटमा राजेशले मुस्कानलाई भविष्यमा के बन्न मन छ भन्ने प्रश्न गरेका थिए ।...
असोज २८, काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका १२ गोलढुंगास्थित ओशो तपोवनका सवारी साधनमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार राती तपोवन परिसरको मूल गेटमा पार्किङ गरिरहेको बा २ क २१४७ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट बस क्षतिग्रस्त भएको ओशो तपोबनका तर्फबाट सुदिप पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।आगजनी गरिएको सो क्षेत्रमा तपोवनको रिसेप्सन अफिस, र्जोर्वा रेष्टुरेन्ट,...
असोज २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा असन्तुष्टि जनाएका हुन् । उनले भाषा र संस्कृति नबिर्सन आग्रह गरे । विकसित देशको संस्कृति देखासिकी गर्ने परिपाटीले नेपाली भाषा,...
असोज २८, काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को काम र भूमिकाप्रति पूर्वअध्यक्ष शेष घलेले असन्तुष्टि पोखेका छन्। हायात रिजेन्सीमा सुरु एनआरएनएको नवौं विश्व सम्मेलनको उद्घाटन सत्रमा बोल्दै पूर्वअध्यक्ष घलेले असन्तुष्टि व्यक्त गरेका हुन्। दुई कार्यकाल एनआरएनएको नेतृत्व गरेका घलेले सम्बोधनका क्रममा आफूले थालेका राम्रा कार्यक्रमलाई पनि निरन्तरता नदिइएको भन्दै आक्रोश व्यक्त गरे। ‘आफ्नो नीति र सिद्धान्त...
असोज २८काठमाडौं : पछिल्लो समय नेपालमा भारतीय सेलिब्रेटी आउने क्रम बढ्दो छ । केही समय अघि बलिउड एक्ट्रेस सनी लियोनी नेपाल आएकी थिइन् । अब भारतीय गायक टोनी कक्करलाई आउँदो अक्टुबर २५ मा क्लब फरेनहाइटमा प्रत्यक्ष सुन्न पाइने भएको छ। यसअघि आदित्य नारायण झा प्रस्तुत भइसकेको मञ्चमा यसपटक टोनीले आफ्नो गीतसंगीतमार्फत दर्शकलाई मनोरञ्जन दिने भएका...
असोज २८, काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भ्रमणका क्रममा असोज २९ गते म्यानमार भ्रमणमा जाने भएकी छन्। परराष्ट्र मन्त्रालयकाअनुसार राष्ट्रपति भण्डारी पाँचदिने भ्रमणका क्रममा म्यानमार जान लागेकी हुन्। म्यानमारका राष्ट्रपति यु विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी म्यानमार जान लागेको मन्त्रालयले जनाएको छ। म्यानमारमा रहँदा राष्ट्रपति भण्डारीले म्यानमारका समकक्षीसँग द्विपक्षीय हितका सम्बन्धमा छलफल गर्नेछिन्। राष्ट्रपति भण्डारीलाई...
असोज २८, उदयपुर : किसानले रोपेका अदुवामा गाना कुहिने रोग लागेपछि करोडौं रुपैयाँको क्षति भएको छ। अदुवाको फल लाग्ने बेलामा एका एका देखा परेको गाना कुहिने रोगले ठूलो परिमाणमा क्षति भएको हो। कटारी नगरपालिका–११ गोठडाँडाँका ज्ञानबहादुर बस्नेत गाँउघरका रोपिको अदुवाको गाना कुहिएको बताउँछन। ‘यस भेगमा लगाइएको अदुवामा पाँच प्रतिशत बच्ने छ,’ उनले भने, ‘गाना कुहिने रोगले किसानले रोपेको बिउको...