Sunday, September 27, 2026
Home समाज एनआरएनएको काम र भूमिकाप्रति पूर्वअध्यक्ष शेष घलेले असन्तुष्टि

एनआरएनएको काम र भूमिकाप्रति पूर्वअध्यक्ष शेष घलेले असन्तुष्टि

95

असोज २८,
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को काम र भूमिकाप्रति पूर्वअध्यक्ष शेष घलेले असन्तुष्टि पोखेका छन्। हायात रिजेन्सीमा सुरु एनआरएनएको नवौं विश्व सम्मेलनको उद्घाटन सत्रमा बोल्दै पूर्वअध्यक्ष घलेले असन्तुष्टि व्यक्त गरेका हुन्। दुई कार्यकाल एनआरएनएको नेतृत्व गरेका घलेले सम्बोधनका क्रममा आफूले थालेका राम्रा कार्यक्रमलाई पनि निरन्तरता नदिइएको भन्दै आक्रोश व्यक्त गरे। ‘आफ्नो नीति र सिद्धान्त अनुसार गैर आवासीय नेपाली संघ कति हिँडेको छ?’, उनले प्रश्न गरे, ‘आफैँले निर्धारण गरेका कतिपय लक्षमा संस्था पुग्न सक्यो कि सकेन? यहाँ त राम्रा कामलाई पनि निरन्तरता दिने कोशिश गरिएन। यसरी एनआरएनए कसरी सफल हुन सक्छ?’ घलेले आफ्नो कार्यकालमा थालिएका राम्रा कामलाई पनि अहिलेको नेतृत्वले बिर्र्सिएको गुनासो गरे। ‘कतिपय राम्रा कामलाई पनि निरन्तरता दिइएको छैन’, उनले भने, ‘नेपाल र नेपालीको हितमा संघलाई सक्रिय गराउन यही शैलीले सम्भव हुँदैन। यसरी त हामी हाम्रो उद्धेश्य अनुसार अघि बढ्नै सक्दैनौँ।’