पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन् : प्रधानमन्त्री

68
फाइल तस्बिर

असोज २८,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा असन्तुष्टि जनाएका हुन् । उनले भाषा र संस्कृति नबिर्सन आग्रह गरे । विकसित देशको संस्कृति देखासिकी गर्ने परिपाटीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँ पुस्ताले बिर्सँदै गएको प्रधानमन्त्रीको गुनासो थियो ।