अष्ट्रेलियाका लागि नेपाली राजदूतमा दाहाल नियुक्त

194

असोज २८,
काठमाडौं । महेश्वर दाहाल अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले महेश्वर दाहाललाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई आज नियुक्त गरेकी हुन् ।