Wednesday, October 7, 2026
Home समाचार काठमाडौंको तारकेश्वरमा अज्ञात समूहद्वारा ओशो तपोवनको सवारीमा आगजनी

काठमाडौंको तारकेश्वरमा अज्ञात समूहद्वारा ओशो तपोवनको सवारीमा आगजनी

256

असोज २८,
काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका १२ गोलढुंगास्थित ओशो तपोवनका सवारी साधनमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार राती तपोवन परिसरको मूल गेटमा पार्किङ गरिरहेको बा २ क २१४७ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट बस क्षतिग्रस्त भएको ओशो तपोबनका तर्फबाट सुदिप पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आगजनी गरिएको सो क्षेत्रमा तपोवनको रिसेप्सन अफिस, र्जोर्वा रेष्टुरेन्ट, साधकहरु रहने आवासीय कक्ष तथा भण्डार कोठा र सो भण्डार कोठामा भरिएका २ सयभन्दा बढी ग्यास सिलिण्डर समेत रहेकोले सिंगो तपोवनमा ठूलो क्षति हुनबाट जोगिएको विज्ञप्तिमा जनाइएको छ ।

आगजनीबाट तपोवनमा चलिरहेको ध्यान शिविरमा समेत नकारात्मक प्रभाव परेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाल चलिरहेको ध्यान शिविरमा विश्वभरीका १३ भन्दा बढी राष्ट्रहरुबाट ध्यान कार्यव्रmममा सहभागी २५० भन्दा बढी साधकहरुमा यो घटनाले ठूलो मनोवैज्ञानिक त्रास सृजना गरेको छ ।

यस्ता घटनाले नेपाल भ्रमणमा आउने पर्यटकको शान्ति सुरक्षाको विषयसँग समेत प्रत्यक्ष सरोकार राख्ने र नेपाल एक असुरक्षित गन्तव्य भएको प्रतिकूल सन्देश विश्वमा प्रवाह हुन जाने प्रवल संभावना छ ।’