यस्तो भने महानायक राजेश हमालले मुस्कानलाई भेटेपछि

182

असोज २८,
काठमाडौं । महानायक राजेश हमालले एसिड आक्रमणपछि उपचार गराइरहेको वीरगञ्जकी मुस्कान खातुनलाई भेटेका छन् । सोमबार कीर्तिपुर अस्पतालमै पुगेर हमालले मुस्कानलाई भेटेका हुन् । मुस्कानको अवस्था देखेर महानायक हमाल केहीबेर भावविह्वल समेत भए ।

बुझिएअनुसार महानायक हमालले अहिलेजस्तो पीडा फेरि भोग्न नपरोस् भनी सान्वना दिए । भेटमा राजेशले मुस्कानलाई भविष्यमा के बन्न मन छ भन्ने प्रश्न गरेका थिए । उत्तरमा मुस्कानले डाक्टर बन्न मन लागेको बताएकी थिइन् । राजेशले शुभकामना सहित भविष्यमा राम्रो डाक्टर बन्नु पर्छ भनेको थिए ।

मुस्कानको अनुहारमा मुस्कान ल्याउन देश तथा विदेशका कलाकारहरुले सान्त्वना दिइरहेका छन् । बलिउडका अमिताभ बच्चन, बरुण धवण, कृति सेनन देखि नेपालकी संचिता लुईंटेलसम्मले मुस्कानको मुहारमा मुस्कान ल्याउने प्रयास गरिरहेका छन् ।