कात्तिक २,
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर मार्ने अपराधीलाई कुनै हालतमा छाड्न नहुने बताएका छन्। रौतहटमा नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमले पहिलो संविधानसभाको निर्वाचनका क्रममा बम विस्फोटमा परेका २३ जनालाई इँटा भट्टामा हालेर हत्या गरेको घटनामा कांग्रेस सभापति शेरबहादुर देउवा बचाउमा उत्रिएको सन्दर्भमा थापाले यस्तो बताएका हुन्। यो प्रकरणलाई लमजुङका...
कात्तिक २,
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन.(पीएसजी)ले नाईसमाथि प्रभावसाली जित निकाल्दा अर्जेन्टिनी स्टार एन्जल डि मारियाले दुई गोगल गरेका छन्। १० खेलमा आठौं जित निकाल्ने क्रममा पीएसजीले नाइसलाई ४–१ ले पराजित गर्यो। खेलमा निकै प्रभावसाली लयमा देखिएको पीएसजीका लागि थप गोल केलियन एम्बाप्पेले र इकार्डीको नाममा रह्यो। नाईसको गनागोले गरेको एक गोल शान्तवना गोलका रुपमा रह्यो। खेलमा...
कात्तिक २,
म्याग्दी : हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका वडा नं ५ अर्मनमा परीक्षणका रुपमा गरिएको टर्की पालन सफल भएको छ। शिशुकल्याण मावि अर्मनका शिक्षक घनश्याम सुवेदीले परीक्षणका रुपमा एक वर्ष अघि दुई भाले र दुई पोथी चल्लाबाट शुरु गरेको टर्की पालन सफल भएपछि गत असारमा ६० ओटा चल्ला ल्याएर पाल्न थालेका हुन्। पेशाले शिक्षक सुवेदीले विद्यालय समय...
कात्तिक २,
काठमाडौं : समाजको तल्लो तप्काको मर्मलाई आफ्ना कविता र निबन्धमार्फत प्रस्तुत गर्न रुचाउँछन् कवि तथा निबन्धकार रमेश सायन। उनको वि.सं. २०७१ मा कविताकृति 'भागेर भूगोलभरि' प्रकाशन भएको थियो। कविताको क्षेत्रमा पाठकका प्रिय बनेका उनी निबन्ध लेखनमा पनि परिचित छन्। उनले आफ्नो संस्मरणात्मक कृति 'छुटेका अनुहार' वि.स २०७५ को पद्मश्री साहित्य सम्मान प्राप्त गरेका छन्।...
कात्तिक १,
दाङ : दाङको राजपुर गाउँपालिका-४ मरेठा जंगलबाट बिहीबार बिहान पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको समूहका पश्चिम कमाण्ड इञ्चार्ज वीरजंग चन्दसहित २१ जना नेता तथा कार्यकर्तालाई शुक्रबार अदालतमा पेस गरी पाँच दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप गरिएको छ। पक्राउ गरेका उनीहरूलाई दाङ देउखुरी जिल्ला अदालत घोराहीबाट आवश्यक अनुसन्धानका लागि ५ दिनको म्याद...
कात्तिक १,
हेटौंडा : प्रदेश ३ का मुख्मन्त्री डोरमणि पौडेलले राष्ट्र निर्माणका खेलाडीको ठूलो भूमिका हुने बताएका छन्। खेलले एकता र अनुशासनको सन्देश दिने भन्दै खेल विश्वलाई चिनाउने माध्यम समेत भएको बताएका छन्। मकवानपुरको बकैया गाउँपालिकामा शुक्रबारबाट सुरु भएको प्रथम माझी गोल्डकपको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले खेलले विश्वमा नेपाललाई नै छुट्टै पहिचान बनाउन सक्ने बताएका हुन्। वर्तमान...
कात्तिक १,
काठमाडौं : सरकारले पाँच प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ। गृहमन्त्रालयले उनीहरूको सरुवा गरेको प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले जानकारी दिए। बर्दियाका प्रजिअ रामकुमार कुरुम्वाङलाई स्याङ्जा सरुवा गरिएको छ भने कोशहरी निरौलालाई स्याङ्जाबाट गुल्मी तानिएको छ। गुम्मीका प्रजिअ यादुनाथ पौडेललाई दार्चुला पठाइएको छ। दार्चुलाका प्रजिअ शंकरबाहुर विष्टलाई इलाका प्रशासन कार्यालय चनौटा कपिलवस्तु सरुवा गरिएको छ।...
कात्तिक १,
अफगानिस्तानको एउटा मस्जिदमा भएको विस्फोटनमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ। मृत्यु भएका सबै प्रार्थनाका लागि मस्जिद भएका भक्तजन रहेको र अरु पनि कैयौँ घाइते भएको अधिकारीहरूले जनाएका छन्। मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेका वेला मस्जिद परिसर नजिकै विस्फोट भएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन्। ...
कात्तिक १,
काठमाडाैं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नगरिने स्पष्ट पारे। नेपाल पब्लिक क्याम्पस संघको ११ औं राष्ट्रिय महाधिवेशनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै मन्त्री पोख्रेलले सरकारको लक्ष्य अनुसार विश्वविद्यालय सुधारको प्रक्रियालाई सहयोग पुग्ने दक्ष नेतृत्वलाइ पदाधिकारीमा चयन गरिने बताए। २०६२/०६३ को आन्दोलन पछि विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा गर्ने चलन...
कात्तिक १,
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालमा १० अर्ब वैदेशिक लगानी वार्षिक रूपमा भित्र्याउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नवनिर्वाचित अध्यक्ष पन्तले दक्ष कामदार मात्रै विदेश पठाउने सरकारको अभियानमा सक्दो सहयोग गर्ने पनि बताए। उनले एनआरएनएको नेतृत्वको चयनका लागि घरघरबाटै मतदान गर्ने व्यवस्था गर्ने घोषणा पनि गए। एनआरएनएका सदस्यहरूको हितका लागि ‘श्रमिक...
