Sunday, September 27, 2026
Home अपराध विप्लवका नेताबाट २ अमेरिकनसहित ६ थान पेस्तोल बरामद

विप्लवका नेताबाट २ अमेरिकनसहित ६ थान पेस्तोल बरामद

64

कात्तिक १,
दाङ : दाङको राजपुर गाउँपालिका-४ मरेठा जंगलबाट बिहीबार बिहान पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका पश्चिम कमाण्ड इञ्चार्ज वीरजंग चन्दसहित २१ जना नेता तथा कार्यकर्तालाई शुक्रबार अदालतमा पेस गरी पाँच दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप गरिएको छ। पक्राउ गरेका उनीहरूलाई दाङ देउखुरी जिल्ला अदालत घोराहीबाट आवश्यक अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको हो। म्याद थपका लागि दाङ देउखुरी जिल्ला अदालत पेश गर्नुअघि उनीहरूलाई सरकारी वकिलको कार्यालयमा लगिएको थियो। साथै दाङ प्रहरीले शुक्रबार पक्राउ परेकाहरूको सम्पूर्ण विवरण पनि सार्वजनिक गरिएको छ। पक्राउ परेकाहरूबाट लोड गरिएको पेस्तोल, गोलीसहित महत्वपूर्ण राजनीतिक दस्तावेज बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताए। प्रहरीले दुइटा अमेरिकन लोड गरिएको पेस्तोल दुई थान, कटुवा पेस्तोल चार थान, नगद ३ लाख ८४ हजार पाँच सय तीस रुपैयाँसमेत बरामद गरेको छ।