कात्तिक १,
पाल्पा : माटोको ढिस्कोले पुरिएर शुक्रबार एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बगनाशकाली गाउँपालिका-१ घोरबन्दाका ४५ वर्षीय हर्कबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए। उनी तानसेन नगरपालिका -४ विशालबजारका रोहित कुमार रामदामको नयाँ घर बनाउँदै गर्ने क्रममा शुक्रबार दिउँसो सवा ३ बजे पुरिएका थिए। कुमालको नेपाली सेना, प्रहरी र स्थानीयले...
कात्तिक १,
काठमाडौं : प्रविधिको प्रयोगले कुनै पनि कामलाई छिटो छरितोको साथै सुरक्षित हुने बताइन्छन्। तर, नेपालमा प्रविधिको प्रयोग प्रवृत्तिगत खराबीको कारण आशंका देखाउने गरिएको छ। अघिल्ला दुईवटा निर्वाचनमा जस्तै यसपटक पनि गैरआवसीय नेपाली संघ (एनआरएनए)ले प्रविधिको अर्थात् भोटिङ मेसिन प्रयोगमा जोड दियो। अघिल्ला दुई निर्वाचनमा सफलतापूर्वक सम्पन्न भएको अवस्था यस वर्ष गरिएको निर्वाचनमा प्राविधिक समस्या देखिएको भन्दै...
कात्तिक १,
काठमाडौं : सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारी र सदस्यहरुले लिइरहेको तलब भत्तालाई गैरसंवैधानिक ठहर गरेको छ। अधिवक्ता लोकेन्द्र ओलीले गत भदौ १ गते दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले स्थानीय तहका जनप्रतिनिधिको तलब र भत्ता गैरसंवैधानिक हुने फैसला गरेको हो। अधिवक्ता ओलीले प्रदेश १ बाहेक ६ वटा प्रदेशले स्थानीय तहका जनप्रतिनिधि पदाधिकारी...
कात्तिक १,
अमेरिकी उर्जा सचिव रिक पेरी राजिनामा दिने भएका छन्। युक्रेनका राष्ट्रपतिसँग आफूले गरेका संवाद सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उर्जा सचिव रिक पेरीलाई बर्खास्त गर्ने भनेपछि उनले राजिनामा दिन लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। सचिव पेरीले आगामी डिसेम्बरबाट पद छोड्ने बताइएको छ। राष्ट्रपति ट्रम्पले युक्रेनसँग गरेको व्यवहारमा सचिव पेरीले खेलेको...
कात्तिक १,
बैतडी : बैतडीका विभिन्न स्थानीय तहका किशोरीहरुले बालविवाह न्यूनीकरण अभियान जारी राखेका छन्। बालविवाह न्यूनीकरणका लागि उनीहरुले साप्ताहिक रुपमा कक्षा सञ्चालन गरेर जानकारी दिने गरेको दशरथचन्द नगरपालिका–२ का रेजिना टेलरले बताईन्। उनले भनिन् 'साप्ताहिक रुपान्तरण कक्षामा बालविवाह, महिला हिंसा न्यूनीकरणका सवालमा केन्द्रित रहेर छलफल गर्ने गरेको छौं' किशोरीवृत समूहमा बालविवाह न्यूनीकरण बिषयमा छलफल हुने र...
कात्तिक १,
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछिको मतगणनामा कुमार पन्तको प्यानल जित नजिक पुगेको छ। ७० प्रतिशत भन्दा धेरै मत गनिसक्दा पन्तको प्यानलले अग्रता बढाउँदै लगेको हो। सुरुमा कूल आचार्यले पन्तलाई कडा टक्कर दिए पनि मतगणना अन्तिम चरणमा पुग्दै गर्दा फराकिलो मतले पछि परेका हुन्। बिहीबार भएको निर्वाचनमा २ हजार ३...
कात्तिक १,
पर्वत : कुस्मा नगरपालिका–५ कुस्मा बजारको छेउमा रहेको बौद्ध गुम्बा नजिकैको डिलमा पछिल्लो समय हरेक दिन मान्छेको बाक्लै आउजाउ हुन्छ। प्रायः सुनसान रहने र बाँदरहरू देखिने भीरमा मान्छेको बाक्लो उपस्थितिले कुस्मा बजारको रौनक नै बदलिँदै गएको छ। फेदीमा सुसाउँदै बगिरहेको कालीगण्डकीमाथिको भीरमा काला चट्टान (स्थानीयले दाह्रे ढुङ्गा भन्ने गरेका) रहेको ठाउँमा साँझको बेला एक्लै जान...
असोज ३०, २०७६ डडेल्धुरा : डडेल्धुरामा आगलागी नियन्त्रणसम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन गरिएको छ। बिहीबार जिल्ला सदरमुकाम बागबजारस्थित बस पार्कमा डेमो प्रदर्शन गरिएको हो। नेपाली सेना रणबम गण, दह ब्यारेकले आगो नियन्त्रणसम्बन्धी डेमो प्रदर्शन गरेको हो। जिल्लामा आगलागीका वन डढेले र आगलागीका घटना घट्नसक्ने भएकाले आगो नियन्त्रण सम्बन्धी डेमोमार्फत जनचेतनामुलक कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।...
असोज ३०,
काठमाडौं : गैरआवासीय नेपाली संघको निर्वाचनमा २३ सय ४० मत खसेको छ। कुल २५ सय ७० मतदातामध्ये करिब २ सय ३० मतदानको बेला अनुपस्थित थिए। खसेको मतमध्ये अष्ट्रेलियासहित ओसेनिया क्षेत्रबाट २ सय ११ मत खसेको छ भने अफ्रिकाबाट १६ मत, एशिया प्यासिफिकबाट ४ सय ६२, मध्यपूर्वबाट ४ सय ७०, युरोपबाट ९ सय २० र अमेरिकाज क्षेत्रबाट २...
असोज ३०,
तनहुँ : कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले देशलाई आवश्यक पर्ने दुई तिहाई उत्पादन बनाउनका लागि कृषिलाई मेरुदण्डको रुपमा विकास गर्नुपर्ने बताएका छन्। बिहीबार दमौलीमा आयोजित केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालको २६ औं साधारणसभामा मन्त्री खनालले कृषिलाई मेरुदण्डको रुपमा विकास गर्दै कृषिमा आत्मनिर्भर बनाउन राष्ट्रले बजेट विनियोजनमा बृद्धि गर्नुपर्ने बताएका हुन्। सरकारले कृषिमा लगानी बढाउन...
