Sunday, September 27, 2026
Home खेलकुद पीएसजीको जितमा डि मारियाको दुई गोल

पीएसजीको जितमा डि मारियाको दुई गोल

87

कात्तिक २,
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन.(पीएसजी)ले नाईसमाथि प्रभावसाली जित निकाल्दा अर्जेन्टिनी स्टार एन्जल डि मारियाले दुई गोगल गरेका छन्। १० खेलमा आठौं जित निकाल्ने क्रममा पीएसजीले नाइसलाई ४–१ ले पराजित गर्यो। खेलमा निकै प्रभावसाली लयमा देखिएको पीएसजीका लागि थप गोल केलियन एम्बाप्पेले र इकार्डीको नाममा रह्यो। नाईसको गनागोले गरेको एक गोल शान्तवना गोलका रुपमा रह्यो। खेलमा अग्रता लिने क्रममा पीएसजीले १५ औ मिनेटमा डी मारियोको गोल संभव बनाए। लगतै अग्रता दोब्बर पार्ने क्रममा उनलेनै २१ औ मिनेटमा दोस्रो गोल गरे। पहिलो हाफमा २–० ले अघिरहेको पीएसजी विरुद्ध ६७ औ मिनेटमा गंनागोले गोल गर्दै घरेलु टोली नाईसलाई खेलमा फर्काउने प्रयास गरे तर खेलको अन्तिम समय पिएसजी लगालग दुई गोल गर्न सफल रह्यो। ८८ औ मिनेटमा एम्बाप्पेले पीएसजीलाई ३–१ को अबस्थामा पुर्याउँदा चौंथो गोल खेलको अक्तिरिक्त समयमा इकार्डीले संभव बनाएका थिए। दोस्रो हाफमा घरेलु टोलीका दुई खेलाडी रातो कार्ड खादै मैदान बाहिरिएपछि नाईस ९ खेलाडीमा सिमित हुन पुगेको थियो। जसको फाइदा पीएसजीले लियो। ७४ औ मिनेटमा विलेन साईप्रिन र ७७ औ मिनेटमा क्रिस्टोफ हेर रातो कार्ड खादै मैदान बाहिरिनु उसका लागि दुर्भाग्यपुर्ण रह्यो। लिगमा पीएसजी १० खेलबाट २४ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ।त्यस्तै नाईस १३ अंक सहित नवौ स्थानमा यथावत छ।