कविता संवाद : ‘कविता लेखनको पहिलो खुड्किलो रहर हो’

कात्तिक २,
काठमाडौं : समाजको तल्लो तप्काको मर्मलाई आफ्ना कविता र निबन्धमार्फत प्रस्तुत गर्न रुचाउँछन् कवि तथा निबन्धकार रमेश सायन। उनको वि.सं. २०७१ मा कविताकृति ‘भागेर भूगोलभरि’ प्रकाशन भएको थियो। कविताको क्षेत्रमा पाठकका प्रिय बनेका उनी निबन्ध लेखनमा पनि परिचित छन्। उनले आफ्नो संस्मरणात्मक कृति ‘छुटेका अनुहार’ वि.स २०७५ को पद्मश्री साहित्य सम्मान प्राप्त गरेका छन्। कविता लेखनबाट नेपाली साहित्यमा प्रवेश गरेका सायनले कवितालाई चेतनाको ईश्वर मान्छन्। कविता लेखनमा उनको आकर्षण र अहिलेको नेपाली कविता लेखनमा उनको बुझाई बारे थाहाखबरकर्मी राजु पौडेलले गरेको कविता संवाद : कविताप्रति आकर्षण किन? कविताको तत्व थाहा पाएर कविता लेख्न थालेको होइन्। कविता रहर थियो। स्कुलमा पुरस्कार पाइने लोभले कविता लेखेँ। त्यसपछि साथी भाइले कवि भनिदिन्छन् कि भन्ने लोभमा लेख्‍न थालेँ। पत्रपत्रिकामा नाम छापिने लोभले कविता लेख्न थालेँ। कविता लेखनको आनन्द छुट्टै रहेछ भन्ने कुरा निकै पछि मात्र थाहा पाएँ। कविताको सौन्दर्य विषय र गहन अर्थ भर्खर थाहा पाउँदै छु। कविताको धर्म के हो? कविता आत्मासँग जोडिएको विषय हो जस्तो लाग्छ। कविता ध्यान रहेछ। अनुभूतिपरक कविता लेख्दा मलाई ध्यानमा गएको जस्तो लाग्छ। कविता आत्मिक ध्यान हो। पहिलोपटक पढेको कविता याद छ? यो प्रश्नले मलाई ‘टालाटुली बाटुली’ भन्ने कविता याद दिलाउन मद्धत गर्‍यो। कविता लेखनको लागि वातावरणको महत्व कति छ? कवितामा वातावरणको महत्वभन्दा घटना ज्यादा हुन्छ। कविता घटना हो। घटना घटिरहँदैन। घटनालाई ‘क्याच’ गर्ने हो। कविता वातावरणमा भन्दा घटनामा आधारित हुन्छ। अन्य कविको कुनै त्यस्तो कविता छ जुन मैले लेख्न पाएको भए हुने लाग्ने? मलाई धेरै कविको कविता पढ्दा यस्तो कविता लेखिन होला भन्ने लाग्छ। अनगिन्ती कविका कविताहरू छन्। जुन पढ्दा मैले यो विषय बारे किन सोचिन भन्ने लाग्छ। मेरो बुद्धी कहाँ थियो भन्ने लाग्छ। कविता लेख्नु चानचुने कुरा पक्कै होइन। यद्यपि, कविता लेखनमा आकर्षण बढ्दो छ। कविता रहरले लेखिने चिज हो कि रहर नै कवि हुनुको पहिलो खुड्किलो हो? रहरले नै कविता लेखिने हो। आत्मिक सन्तुष्टिको लागि लेखिने कविताको पहिलो खुड्किलो रहर नै हो। जब कविताले आनन्दित हुन थालिन्छ। तब झन झन कविता लेख्न रहर लागिरहन्छ। त्यसपछी कविताका आन्तरिक तत्वहरूको ज्ञान पनि बुझिदैं गइन्छ सायद पछिल्लो पुस्ताका कविले देश, माटो, मृत्यु, घाट, आकाश, फूल, जून, सपना र प्रेमका विम्व सबैभन्दा अटाएका छन्। के यी विम्वलाई कवितामा नअटाएसम्म कवि हुन नसकिने हो?