Friday, September 25, 2026
Home प्रदेश ५ जिल्लाका सिडिओ फेरिए

५ जिल्लाका सिडिओ फेरिए

126

कात्तिक १,
काठमाडौं : सरकारले पाँच प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ। गृहमन्त्रालयले उनीहरूको सरुवा गरेको प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले जानकारी दिए। बर्दियाका प्रजिअ रामकुमार कुरुम्वाङलाई स्याङ्जा सरुवा गरिएको छ भने कोशहरी निरौलालाई स्याङ्जाबाट गुल्मी तानिएको छ। गुम्मीका प्रजिअ यादुनाथ पौडेललाई दार्चुला पठाइएको छ। दार्चुलाका प्रजिअ शंकरबाहुर विष्टलाई इलाका प्रशासन कार्यालय चनौटा कपिलवस्तु सरुवा गरिएको छ। प्रेमलाल लामिछानेलाई इप्रका चनौटाबाट बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।