माघ १२,
काठमाडौँ । एक कार्यक्रमका लागि अमेरिका गएर त्यतै पलायन भएको भनिएकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) ले आफू अमेरिकामा लुकेको नभइ बिरामी परेको स्पष्ट पारेकी छिन् । पछिल्लो समय उनी अमेरिकामै लुकेको भन्ने आशयका समाचार भाइरल भइरहेको बेला सामाजिक सञ्जालमार्फत उनले बिरामी भएका कारण समयमा फर्किन नसकेको स्पष्टीकरण दिएकी हुन् ।सामाजिक सञ्जालमा उनले भनेकी...
माघ १२,
काठमाडौं । शहरलाई कुरुप बनाएको तार अबको दुई हप्ताभित्र काठमाडौंमा पहिलोपटक भूमिगत गर्ने कार्य सुरु हुदैंछ ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा विद्युत वितरण प्रणालीलाई भूमिगत गर्ने कामका लागि भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरिसकेको छ । ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्ने छ ।३२ महिनाभित्र पहिलो चरणमा काठमाडौंको...
-सञ्जीब दुलाल
माघ ११, भक्तपुर । प्रा. डा. जनकलाल बैद्यलाई ‘आर वी जोशी फाउण्डेशन प्राज्ञ सम्मान’ बाट सम्मानित गरिएको छ ।
नेपाल साहित्य मन्दिरले हरेक बर्ष नेपाल भाषा साहित्यमा विशिष्ट योगदान पु¥याउँदै आउनुभएको स्रष्टालाई उक्त प्राज्ञ सम्मान प्रदान गर्दै आएकोमा यस वर्ष प्रा डा जनकलाल बैद्यलाई प्रदान गरिएको हो ।
सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाल भाषा एकेडेमीका चान्सर्लर चित्तरञ्जन नेपालीले ताम्रपत्र तथा...
माघ ११,
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले नयाँ भिषा नियम प्रकाशित गरेर ‘गर्भ पर्यटन’माथि कडा प्रावधान ल्याएको छ । यो कानुन विदेशी महिलाले अमेरिका पुगेर बच्चा जन्माउने अभ्यासलाई निरुत्साहित गर्ने उद्देश्यले ल्याइएको हो । अमेरिकाको संविधानमा अमेरिकी भूमिमा जन्मिएका बच्चाले स्वतः अमेरिकी नागरिकता पाउने उल्लेख छ ।
यस संवैधानिक व्यवस्थालाई टेकेर विश्वका कैयौँ देशका दम्पती बच्चा जन्माउने...
माघ ११,
काठमाडौँ । नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा। शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य मुलुकमा देखिएजस्तो नेपालमा धेरे खतरा नभएको बताए ।
अमेरिका लगायतका मुलुकमा लेदिएको समस्या जस्तो नेपालमा धेरै कम खतरा रहेको उनले बताए...
नयाँ नेपाल न्यूज
माघ ९,
नगरकोट । पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्यका साथ सुन्दर पर्यटकीय स्थल नगरकोटमा दोस्रो नगरकोट महोत्सव-२०७६ सुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० र सोनम ल्होसारको अवसरमा यहीँ माघ १०, ११, १२ गते नगरकोटमा तीन दिने महोत्सव महोत्सव हुनेछ । शुक्रबार संचार तथा सूचना प्रविधि एवम् शहरी विकाश मन्त्री गोेकुलप्रसाद बाँस्कोटाले दोस्रो नगरकोट महोत्सवको...
माघ १०,
नगरकोट । संचार तथा सूचना प्रविधि एवम् शहरी विकाश मन्त्री गोेकुलप्रसाद बाँस्कोटाले अगामी २०७७ सालको बैशाखसम्ममा भक्तपुर–नगरकोटको सडक निर्माण नभए कारवाही गरिने बताएका छन् ।
नगरकोट नाल्दुम पर्यटन विकाश समितिको आयोजना गरेको दोस्रो नगरकोट महोत्सवको शुक्रबार उद्घाटन गदै मन्त्री बाँस्कोटालेले भने ‘बैशाखसम्म सडकको काम पुरा नभए सार्वजनिक खरिद ऐन अनुसार निर्माण व्यवसायीलाई कारवाही गछौं ।’
सार्वजनिक खरिद ऐन...
माघ ९,
नगरकोट । पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्यका साथ सुन्दर पर्यटकीय स्थल नगरकोटमा महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० र सोनम ल्होसारको अवसरमा यहीँ माघ १०, ११, १२ गते नगरकोटमा तीन दिने महोत्सव महोत्सव आयोजना हुन लागेको हो । शुक्रबार ११ बजेबाट नगरकोट महोत्सव सुरु हुनेछ । काभ्रे र भक्तपुर जिल्लाको सिमानामा रहेको...
माघ ९,
काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस अहिले अमेरिकासम्म पुगिसकेको छ । हङकङ, थाइल्याण्ड लगायतका देशहरुमा तीव्र रुपले फैलिइरहेको छ । पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यद्यपि विश्व स्वास्थ्य संगठनले हाललाई स्वास्थ्य इमर्जेन्सी लागू गरिसकेको छैन । चीनको वुहानमा देखिएको नयाँ कोरोना भाइरस सर्पबाट मानिसमा सरेको पेकिङ्ग जर्नल अफ मेडिकल भाईरोलोजीमा अनुसन्धान प्रकाशित...
माघ ९,
काठमाडौं । सोनाम ल्होछारको अवसरमा शुक्रबार प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । तामाङ समुदायको बाक्लो बसोबास रहेको यो प्रदेशमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । बागमती प्रदेश मन्त्रिपरिषदको पुस २७ गतेको बैठकले माघ १० गते शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता मदनप्रसाद पोखरेलले काठमाडौं उपत्यकाका ३...









