प्रा.डा.जनकलाल बैद्यलाई प्राज्ञ सम्मान

210

-सञ्जीब दुलाल
माघ ११, भक्तपुर । प्रा. डा. जनकलाल बैद्यलाई ‘आर वी जोशी फाउण्डेशन प्राज्ञ सम्मान’ बाट सम्मानित गरिएको छ ।
नेपाल साहित्य मन्दिरले हरेक बर्ष नेपाल भाषा साहित्यमा विशिष्ट योगदान पु¥याउँदै आउनुभएको स्रष्टालाई उक्त प्राज्ञ सम्मान प्रदान गर्दै आएकोमा यस वर्ष प्रा डा जनकलाल बैद्यलाई प्रदान गरिएको हो ।
सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाल भाषा एकेडेमीका चान्सर्लर चित्तरञ्जन नेपालीले ताम्रपत्र तथा नगद पच्चिस हजारबाट उनलाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा नेपाल भाषा ब्याकरण विज्ञ रमापतिराज शर्मा, कृष्णलाल प्रधान, राजाराम जोशी, भवानी जोशी, मल्ल के सुन्दर, वागमती प्रदेशका प्रदेश सभा सदस्य रजनी जोन्छे, बरिष्ट साहित्यकार तेजेश्वर बाबु ग्वङ्ग लगायतका अतिथिको उपस्थिति रहेको थियो ।
२०१० सालमा स्थापना भएको भक्तपुरको नै सबै भन्दा पुरानो संस्था नेपाल साहित्य मन्दिरले अघिल्लो वर्ष देखि प्राज्ञ सम्मान र विगत १३ वर्षदेखि जरिमैयाँ कुमार शाखः लुमन्ति सिरपाः सम्मान प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको छ । समाजसेवी राजाराम जोशी र भवानी जोशीले रु पाँच लाखको अक्षय कोष स्थापना गरी यसको ब्याजले हरेक वर्ष ‘आर वी जोशी फाउण्डेशन प्राज्ञ सम्मान’ प्रदान गर्दै आएको हो ।
कार्यक्रमका सभापति नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाशले संस्थाले नेपाल भाषा लगायत विभिन्न भाषाको उत्थानका लागि आफ्नो संस्थाले कार्य गर्दै आएको जानकारी दिए ।
नेपाल साहित्य मन्दिरले गत वर्ष प्राज्ञ सम्मान डा.सत्यमोहन जोशीलाई सम्मान गरेको थियो ।

पुस्तक विमोचन
नेपाल साहित्य मन्दिरले हरेक वर्ष नेपाल भाषाको कुनै एक विद्यामा साहित्यिक संग्रह प्रकाशन गर्दै आएकोमा यस वर्ष आख्यान संग्रह ‘मत ४’ विमोचन गरेको छ ।
उक्त कितावको समीक्षा बरिष्ठ साहित्यकार मल्ल के सुन्दरले गर्नु भएको थियो ।
उक्त संग्रहमा ४२ वटा कथा र लघुकथा समेटिएको छ । नेपाल भाषा तथा नेपाली दुवै भाषामा ती कथाहरु रहेका छन् । नेपाल साहित्य मन्दिरले मत १,२ र ३ क्रमश कविता संग्रह, निबन्ध संग्रह र कथा संग्रहका रुपमा प्रकाशित गरेको थियो । समाजसेवी कृष्णलाल प्रधानले रु छ लाखको ‘हर्षलाल लुमन्ति कोष’ स्थापना गरेर त्यसको ब्याज बाट मत पुस्तक प्रकाशन गर्न आर्थिक ब्ययभार प्रदान गर्दै आएको छ ।