भोली बागमती प्रदेशमा सार्वजनिक विदा

216

माघ ९,
काठमाडौं । सोनाम ल्होछारको अवसरमा शुक्रबार प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । तामाङ समुदायको बाक्लो बसोबास रहेको यो प्रदेशमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । बागमती प्रदेश मन्त्रिपरिषदको पुस २७ गतेको बैठकले माघ १० गते शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता मदनप्रसाद पोखरेलले काठमाडौं उपत्यकाका ३ जिल्लाका केन्द्र सरकार मातहतका कार्यालयबाहेक बागमती प्रदेशभित्रका सबै कार्यालयहरुमा सार्वजनिक विदा लागू हुने बताए ।

‘काठमाडौं उपत्यकाभित्रका संघ मातहतको कार्यालयमा विदा दिन गृह मन्त्रालयकै निर्णय चाहिन्छ, त्यसैले ती तीन जिल्लाका संघ मातहतका कार्यालयमा विदा हुँदैन, प्रदेशका अन्य जिल्लाका सबै कार्यालयमा विदा हुन्छ’ उनले भने । शुक्रबार काठमाडौं उपत्यकामा रहेका प्रदेश अन्तर्गतका कार्यालय र स्थानीय तहमा भने विदा हुनेछ ।